सत्ता गठबन्धनलाई अझै कसिलो बनाउनुपर्छ : मन्त्री गुरुङ

सत्ता गठबन्धनलाई अझै कसिलो बनाउनुपर्छ : मन्त्री गुरुङ
सुन्नुहोस्

स्याङ्जा :  कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन्। गण्डकी प्रदेश स्तरीय सत्ता गठबन्धनका साझा उम्मेदवारहरु मत माग्नका लागि स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले वर्तमान सत्ता गठबन्धनलाई अझै कसिलो बनाउनुपर्ने आजको आवश्यकता रहेको बताएका हुन्।

कांग्रेसका केन्द्रिय उपसभापति समेत रहेका गुरुङले भने, ‘सत्ता गठबन्धन चानचुने सम्बन्धले अघि बढेको होइन, पाँच वर्ष टिकाउने गरी बनेको गठबन्धनलाई देखेर केहीलाई इर्स्या, जलन भएको होला। गठबन्धन झनै बलियो बनाउन जरुरी छ। कुनै पनि बहानामा मत बिगार्न पाइने छैन।’ 

उनले संकट अवस्थामा रहेको आर्थिक अवस्थालाई सुदृढ बनाउँदै सरकार अगाडि बढेको बताए। माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) र पदमबहादुर परियार ( तनहुँ) र नेकपा (माओवादी केन्द्र) का मनरुपा शर्मा (पर्वत) उम्मेदवार छन्।

गठबन्धनका साझा उम्मेदवारले पनि आ-आफ्ना प्रतिबद्धतासहित अनुभव सुनाउँदै मत मागेका थिए। कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी थिए। 
गण्डकी प्रदेशमा गठबन्धनको ३ हजार ८ सय २७ मतभार छ भने नेकपा एमालेको २ हजार चार सय ५८ मतभार छ। गण्डकी प्रदेशमा कांग्रेसको २ हजार ७ सय चार, माओवादी केन्द्रको ९९४, नेकपा एकीकृत समाजवादीको ७२, राष्ट्रिय जनमोर्चा नेपालको ५७ मतभार छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.