मुसहर बस्ती पुगे पूर्वराजा ज्ञानेन्द्र

मुसहर बस्ती पुगे पूर्वराजा ज्ञानेन्द्र
मुसहर बस्ती पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह। तस्बिर  : दिवाकर भण्डारी
सुन्नुहोस्

सिमरा : पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार जीतपुरसिमरा उपमहानगरपालिका-६ स्थित मुसहर बस्ती पुगेका छन्। करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह परिवारका सदस्य लिएर बस्ती पुगेका हुन्।

प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेको थियो। पूर्वराजपरिवार भित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा पुगेका हुन्। 

पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी थिए। बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्वराजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारी गरेका थिए। बस्तीमा एक घण्टा बिताएका उनीहरूले चियासमेत पिएका थिए। 

null 

पूर्व राजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए। 

सो क्रममा बस्तीमा बसोबास गर्ने नागरिकका लागि दिवाभोजनको व्यवस्थापन गरिएको थियो। पूर्वराजाले दिवाभोजनका लागि बनाइएको परिकारसमेत हेर्न भ्याएका थिए। उनले बस्तीका नागरिकलाई खाना खान आग्रह गरिरहेका थिए। 

पूर्वराजालाई बस्तीमा स्वागत गर्न पाउँदा मुसहर समुदायका नागरिक खुशी देखिन्थे। चुहिएको घरमा कष्टकर जीवन विताइरहेका २० परिवारका लागि प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले पाँच करोड भन्दा बढीको लागतमा बस्ती नै निर्माण गरेर हस्तान्तरण गरेको हो। 

null

उक्त बस्तीमा २० वटा घर छ। सात धुर जमिनमा निर्माण भएको एउटा घर तीन कोठाको छ भने प्रत्येक घरलाई छुट्टै शौचालय र चापाकलको व्यवस्था गरिएको छ। ऐलानी जग्गामा बसोबास गर्दै आएका मुसहर समुदायका २० परिवार त्यसयता सोही बस्तीमा बस्दै आएका छन्। 

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.