असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो : प्रचण्ड

असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो भएको बताएका छन्। असंलग्न आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि भएको पत्रकार सम्मेलनमा उनले आपसी समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा दिनुपर्ने विषय उठाएको जानकारी गराएका हुन्।

उनले भने, ‘करिब सात दशक अगाडि दुई महाशक्तिबीचको असहज शीतयुद्धको माहोलमा एसिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरू बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौ मुलुकहरूको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई जोड दिएँ। त्यसैगरी, असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो। यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ।’

उनले विश्वका विकासोन्मुख मुलुकहरूको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिएको उल्लेख गरे। ‘हाम्रो सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यहरुको प्राप्ति असम्भवप्रायः देखिएको छ। नेपाल आफैँ अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीहरुको भूमरीमा परेको छ।’प्रचण्डले भने, ‘अतिकम विकसित मुलुकहरुलाई विकास साझेदारहरुको बलियो साथ र सहयोगको आवश्यकता रहेको परिप्रेक्ष्यमा असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता  र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमति भएका विकासका लक्ष्यहरू समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकहरूको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदार रूपमा उठाएको छु।’

प्रचण्डले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशहरूको हित अनुकूल हुने गरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको उल्लेख गरे।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस र युगाण्डाको राष्ट्रपतिले एकजुट भएर काम गर्न आह्वान गरेको बताए। उनले भने ‘शिखर सम्मेलनको समापन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गरी विश्व व्यवस्थालाई न्यायोचित, समावेशी र समतामूलक बनाउन असंलग्न राष्ट्रहरुको ठूलो योगदान रहेको उल्लेख गर्दै यसको सान्दर्भिकता अहिलेको विश्व परिवेशमा झनै बढेको बताउनुभयो। सो अवसरमा, युगाण्डाको राष्ट्रपतिले हाम्रा साझा समस्या समाधानमा एकजुट भएर काम गर्न आव्हान गर्नुभयो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.