राजनीतिक अस्थिरताले विकास निर्माणमा अवरोध
मुलुकमा राजनीतिक अस्थिरता छ। यस्तो बेला नीतिगत निर्णय गर्न समस्या हुन्छ। त्यसैकारण विकास निर्माणका काम प्रभावित छन्। अर्कोतिर, मन्त्री र सचिव छिटोछिटो परिवर्तन हुन्छन्। आयोजना र कार्यक्रम बुझ्न पुरानो जाने र नयाँ आउँछन्। पूर्वाधारका काम अघि बढ्न सक्दैनन्।
अर्को समस्या पनि छ। प्रधानमन्त्रीदेखि मन्त्रीलाई उद्घाटन र शिलान्यास गर्ने रहर धेरै हुन्छ। तर, मुलुकको आर्थिक अवस्था र नीतिगत व्यवस्थाका कारण ती कार्यक्रम समयमा कार्यान्वयन हुन सक्दैनन्। पूर्वाधार निर्माणमा ढिलाइ हुनुका मुख्य कारण यी हुन्
१.नियमित र पर्याप्त बजेटको अभाव
३.जग्गा र वनको उल्झन
४.दातृ संस्थाका सर्त
शिलान्यास र उद्घाटन भएका आयोजनामा नियमित र पर्याप्त बजेट उपलब्ध हुँदैन्। धेरै आयोजना स्थानीयको अवरोधले पनि प्रभावित भएका छन्। जग्गा र वनको कारणले पनि पूर्वाधार निर्माणमा समस्या छ। कहिलेकाहीँ दातृ संस्थाका सर्त र मुलुकको धरातलीय यथार्थता पनि मिल्दैन। कतिपय आयोजना दातृ संस्थाका सर्तकै कारण पनि अघि बढ्न सकेका छैनन्।
(थापा, सरकारका पूर्वसचिव एवं पूर्वाधार विज्ञ हुन् ।)