काठमाडौं : आइसिसी यु–१९ विश्वकपमा नेपाली यू–१९ क्रिकेट टोलीले आज न्युजिल्याण्डसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपालले समूहको पहिलो खेल न्युजिल्याण्डसँग खेल्न लागेको हो। नेपाली समयअनुसार दिउँसो १ : ४५ बजे सुरु हुनेछ।
नेपालले आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने पक्षमा छ। नेपाली टोलीमा सिनियर टोलीका अनुभव बोकेका खेलाडी पनि छन्। गुलसन झाले सिनियर टीमबाट खेलेर अनुभव बटुलेका छन्।
यू-१९ विश्वकपमा नेपालले यसअघि २००६ र २०१६ मा भएका दुवै खेल जितेको थियो। ८ वर्षपछि तेस्रो पटक न्यूजिल्याण्डको सामना गर्न लागेको नेपालले ‘ह्यट्रिक’ गर्ने लक्ष्य लिएको छ।
नेपाली टोली :
देव खनाल (कप्तान), आकाश चन्द, अर्जुन कुमाल, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कंडेल, विशालविक्रम केसी, दीपक बोहोरा, दीपक बोहोरा, सुवास भण्डारी, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश त्रिपाठी।