लोकसेवाका सात परीक्षामा नाम निकाल्न सफल सगुन भन्छिन्- इच्छा र लगाव भए असम्भव केही  छैन

लोकसेवाका सात परीक्षामा नाम निकाल्न सफल सगुन भन्छिन्- इच्छा र लगाव भए असम्भव केही  छैन
सगुना परियार । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

मुगु : नेपालमा पढेर काम छैन भन्नेहरुका लागि अब्बल साबित गरेकी छन् छायानाथ रारा नगरपालिका-१ की सगुना परियारले । कडा मेहनत र लगनशिलताले  एक वर्षमा लोक सेवा आयोगले लिएको परीक्षामा सात पटक नाम निकाल्न सफल भएकी छन्।

छायाँनाथ रारा नगरपालिका–१, छत्यालवाडा गाउँकी २५ वर्षीया सगुनाले एक वर्षमा लोकसेवा आयोगले लिएका ७ पदमा नाम निकाल्न सफल भएकी हुन् । हालै संघीय लोकसेवा आयोगको कार्यालय दिपायलले सार्वजनिक गरेको स्टाफ नर्सको नतिजा नाम निस्केसँगै सगुनाले एकै वर्षमा ७ वटा लोकसेवाका परीक्षामा उत्तीर्ण हुन सफल भएकी हुन् । 

उनले गत वर्ष लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामति सेवातर्फ अनमी,स्थानीय सेवातर्फ अनमी,कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ,कोशी प्रदेश अनमी,संघीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी थिइन । 

दुर्गम ठाउँ । सञ्चारको असुविधाका कारण नर्सिङ कहाँ पढाइ हुन्छ ? कहिले भर्ना खुल्छ ? कहिले प्रवेश परीक्षा हुन्छ ? भन्ने समेत भेउ हुँदैन। दुर्गम जिल्ला,गरिब तथा दलित  परिवार  अझ छोरी मान्छेलाई नर्सिङ पेशासम्मको यात्रा उनका लागि सहज थिएन ।

सानैदेखि नर्स बन्ने सपना बुनेकी उनी पढाइमा अब्बल नै  थिइन् । परिवारको पूर्णसाथ पाएकी उनले जसोतसो महेन्द्रनगरमा पीसीएल नर्सिङमा भर्ना खुलेको थाहा पाइन् । समयमै भर्ना खुलेको थाहा नपाएपछि एक वर्ष पछि सगुनाले छात्रवृत्तिमा नाम निकाल्न सफल भइन् ।

सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बरमा नर्सिङ पास गरिन् । पास भएलगत्तै उनी स्वास्थ्य सेवा कार्यालय मुगुमा २ वर्ष करार सेवामा काम गरिन् । नर्सिङ पास भएलगत्तै लोकसेवा आयोगको तयारी गर्ने सोचमा उनी थिइन् तर,कोरोना महामारीका कारण त्यो संभव भएन।

कोरोना महामारीकै दौरानमा लोकसेवाले अनमी र जनस्वास्थ्यमा दरबन्दी खुलायो । त्यसपछि उनी लोकसेवाको तयारी गर्न जागिर छोडेर काठमाडौं हानिइन्। काठमाडौंमा एक महिनाजति तयारी गरेपछि पुनः कोरोनाको दोस्रो लहरले उनको तयारी बीचमै रोकियो । 

त्यसपछि उनले ३ महिनासम्म अनलाइन कक्षा लिएर संघीय,प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएको ७ पदमा परीक्षा दिइन् ।  परीक्षा दिएर बसेकी उनी सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा करारमा काम गर्न थालिन् ।

त्यसपछि लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाल्यो । पहिलोपल्ट कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा नाम निस्कियो । उनले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोजिन् । अन्तर्वार्तामा सफल भएर उनी गत मंसिर ८ गतेदेखि दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत छिन् । 

आफूभित्र भएको इच्छा र चाहानाअनुसार निरन्तर मेहनत गरे सफलता सहजै प्राप्त गर्न सकिने सगुनाले बताइन्। ‘आफूभित्र चाहना,इच्छा र त्यहीअनुसार दृढता र लगाव भयो भने असम्भव भन्ने केही छैन, अवसरका लागि विदेशिनु पर्दैन,विदेश जाने सबैले अवसर नै नपाएर भन्दा पनि आकर्षक तलब सुविधाले पनि होला,’उनले भनिन् । 

नेपालमा नर्सहरूले जागिर नै पाउँदैनन्,उनीहरूको भविष्य नेपालमा छैन भन्ने भाष्य गलत रहेको बताउँछिन् सगुना । हरेक ठाउँमा जागिर खानलाई आफ्ना मान्छे चाहिने,भनेको सेवा सुविधा नहुने जस्ता परिस्थितिले कतिपयलाई विदेशिनु पर्ने बाध्यता पनि हुनसक्ने उनको बुझाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.