मोटरेबल पुल जीर्ण, जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता
रसुवा : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने रोंगास्थित मोटरेबल पुल जीर्ण बनेको छ। स्याफ्रुबेसी–रसुवागढी खण्डको १६ किलोमिटर सडक चीन सरकारको सहयोगमा निर्माण भएको थियो।
उक्त पुल २०६६ सालमा निर्माण भएको हो। दैनिक ४/५ सय मालवाहक कन्टेनर गुड्ने पुल जीर्ण बनेसँगै समस्या सिर्जना भएको छ। रसुवागढी नाकाबाट नियमित मालबाहक गाडी आउने पुल कतिबेला ढल्छ भन्ने त्रास रहेको गोसाइँकुण्ड गाउँपालिका १ का वडा अध्यक्ष उर्केन लामाले बताए। उनले भने, ‘पुलको ढलान ठाउँ ठाउँमा प्वाल परेको र पिलरको रडमा खिया लागेको छ। सडक विभाग वा कुनै निकायले चासो दिएको छैन कतिबेला दुर्घटनामा पर्ने हो।’
सो पुल भएर गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर १, २ र ३ तथा आमाछोदिङमो गाउँपालिका ३, ४ र ५ तथा रसुवागढी नाका पुगिन्छ।
प्रतिक्रिया दिनुहोस !
८