विराटनगरबाट खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

विराटनगरबाट खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरबाट लागूऔषध खेरो हेरोइन (ब्राउन सुगर)सहित सोमबार बिहान भारतीय नागरिक पक्राउ परेका छन्। 

लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले भारतको जोगवनी घर भएका २० वर्षीय विशाल पोदारलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पोदारलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट बिहान ११ बजेतिर पक्राउ गरिएको हो। उनको साथबाट ३.११ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। 

भारतको जोगवनीबाट पैदल नै नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो। शरीर खानतलासी गर्ने क्रममा कम्मरको पेटीभित्र राखेर ल्याउँदै गरेको अवस्थामा खैरो हेरोइन बरामद भएको प्रहरीको भनाइ छ। 

पक्राउ परेका पोदारलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.