मैलुङ-स्याफ्रु सडकको ठेक्का सम्झौता रद्द

मैलुङ-स्याफ्रु सडकको ठेक्का सम्झौता रद्द
सुन्नुहोस्

रसुवा : रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ-स्याफ्रु सडकको ठेक्का सम्झौता रद्द भएको छ। निर्माण व्यवसायीले समयमै काम नगरेपछि गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी योजनाले एक सूचना जारी गरी मैलुङ-स्याफ्रुबेसी सडकको ठेक्का सम्झौता रद्द गरेको हो। 

सम्झौता मितिमा निर्माण कम्पनीले जिम्मा लिएको काम पूरा गर्न पटक-पटक लिखित एवं मौखिक अनुरोध गर्दा पनि काम नगरेकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (७) समेतको आधारमा ठेक्का सम्झौता अन्त्य गरिएको योजना प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए। 

निर्माण कम्पनी भारत कन्स्ट्रक्सन तथा शिद्घि साही जेबीसँग भएको सम्झौतामा मैलुङदेखि स्याफ्रुबेसीसम्मको १९ किलोमिटर सडक २०७७ साउन १ गते सम्झौता भई ०७९ माघ १६ मा निर्माण सम्पन्न गर्ने उल्लेख थियो। 

मैलुङ-स्याफ्रुबेसीको ठेक्का तोडिएसँगै अन्तर्राष्ट्रिय राजमार्ग निर्माण अन्योल भएको छ। राष्ट्रिय प्राथमिकता प्राप्त ‘गल्छी-रसुवागढी’ सडक योजनाको काम अन्योल भएको छ। एक अर्ब ४५ करोड रुपैयाँमा सडकको स्तरोन्नतिका साथै कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो। 

तर निर्माण कम्पनीले हालसम्म सडकको दायाँ र बायाँ टेवा पर्खाल लगाउने कार्य गरी ३५ करोड रुपैयाँको मात्र काम गरेको छ। सो सडकखण्डमा पुल बनाउने काम भने भइरहेको छ। मैलुङ-स्याफ्रुबेसी सडक निर्माणका लागि नेपाली सेनाले ट्रयाक खोलेपछि योजनाले निर्माण व्यवसायीमार्फत् काम गराउन २०७७ साउन १ गते ठेक्का लगाएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.