एक करोडको लागतमा ६० वटा शौचालय निर्माण
डोल्पा : डोल्पामा एक करोडको लागतमा ६० वटा शौचालय निर्माण गरिएको छ। हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा शौचालय निर्माण गरिएको हो।
आर्थिक वर्ष २०७८/०८९ मा अर्थ मन्त्रालयबाट आएको ५० लाख र गाउँपालिकाको ५० लाख गरेर वडा नम्बर २ मा पर्ने तिलिङ् र कराङ् गाउँमा शौचालय बनाइएको निवर्तमान अध्यक्ष टसी टुण्डुप गुरुङले बताए।
यहाँ १४५ घरधुरी रहेका छन्। शौचालय निर्माण टेण्डर र उपभोक्ता समिति मार्फत निर्माण गरिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !
१