गठबन्धन गर्नुपर्ने बाध्यता छ : सभापति देउवा

गठबन्धन गर्नुपर्ने बाध्यता छ : सभापति देउवा
सुन्नुहोस्

स्याङ्जा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि दलको बहुमत नआउने देखिएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। 

नेपाली कांग्रेस स्याङ्जाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानमा समानुपातिक समावेशी प्रावधानअनुरुप बहुमत बनाउनका लागि अन्य पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताए।

उनले राजनीतिमा महिलाहरूको धेरै सम्भावना रहेको बताएका थिए। 'महिलाका लागि अग्राधिकार छ। धेरै जिम्मेवारी सम्हालेर पनि महिलाहरू राजनीतिमा अघि बढेका छन्। वडादेखि संसदसम्म महिला पुगेका छन्। विद्यादेवी भण्डारी राष्ट्रपति बनिन् भने अब प्रधानमन्त्री बन्न सक्छन्,' उनले भने। दलित, जनजाति, अल्पसंख्यक सबैलाई राजनीतिको मूलधारमा ल्याई सम्मुनत नेपाल बनाउने आफूहरूको ध्येय रहेको उनले बताए।

सभापति देउवाले स्याङ्जा क्रान्तिकारी ठाउँ रहेको स्मरण गर्दै स्याङ्जाको विरासत नगुमाउन आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.