दलहरूको छुट्टाछुट्टै भेलापछि मोरङ सीडीओसँग आयोगले माग्यो आचारसंहिता उल्लंघनको रिपोर्ट

दलहरूको छुट्टाछुट्टै भेलापछि मोरङ सीडीओसँग आयोगले माग्यो आचारसंहिता उल्लंघनको रिपोर्ट

विराटनगर : निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत गतिविधि भएको विषयमा सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेस मोरङ प्रशासनलाई निर्देशन दिएको छ। 

राष्ट्रियसभा निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिताविपरीत गतिविधि भएको जनाउँदै बुधबार आयोगले ‘रिपोर्ट’ गर्न भन्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो।

मोरङको विराटनगरमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै दलहरूले भेला, चियापान र अन्य गतिविधि गरेका थिए। राष्ट्रियसभाको निर्वाचनको प्रचारप्रसार अवधि सकिएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बुधबार बिहान चियापान गरेका थिए।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहक जनप्रतिनिधि बोलाएर चियापान गरेका हुन्।

कोइरालाले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत सहभागी थिए। 

त्यस्तै मौन अवधिमै नेकपा एमाले र राप्रपागठबन्धनले उम्मेदवार र मतदाताहरू बोलाएर विराटनगरको होटल ह्यारिसनमा भेला गरेका थिए। एमाले र राप्रपाका उम्मेदवार तथा मतदाता सहभागी भेलालाई नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले सम्बोधन गरेका थिए। 

मौन अविधमा राष्ट्रियसभा सदस्य निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था छ। तर, त्यसविपरीत निर्वाचन प्रचारप्रसारका गतिविधि भएपछि आयोगले त्यसबारे प्रतिवेदन पेस गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो। 

निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्यभएको हो वा होइन? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

आयोगले माघ ८ गते राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्मका लागि मौन अवधि तोक्दै राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रसारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नहुने यसअघि नै जनाएको थियो।

राष्ट्रिय सभाको निर्वाचनमा कोशीको अन्य कोटामा राप्रपाका उद्धव पौडेल र कांग्रेसका कृष्णप्रसाद सिटौला तथा महिलामा एमालेकी रुक्मिणी कोइराला र माओवादीका चम्पा कार्की उम्मेदवार छन्। एमालेले राप्रपासँग गठबन्धन गरेपछि यसअघि उम्मेदवार बनाइएका पर्शुराम अधिकारीको उम्मेदवारी भने निस्क्रिय गराएको छ। सत्तारूढ गठबन्धनभन्दा विपक्षी गठबन्धनको मत करिब आठ सय कम छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.