राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशको मतगणना सुरु

राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशको मतगणना सुरु

विराटनगर : कोशी प्रदेशको मतगणना सुरु भएको छ। विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा मतगणना सुरु भएको हो। 

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारू उपस्थित भएनन्। 

स्थानीय तहका दुई सय ७४ मतदातामध्ये झापाको झापा गाउँपालिका अध्यक्ष जयनारायण साह भ्रष्टाचार आरोपमा निलम्बित रहेका कारण उनको नाम मतदाता नामावलीबाट हटेको छ।

सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन्। 

कोशीमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र चुनावी तालमेल भएको छ। सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग नेकपा एमालेकी रुक्मिणी कोइराला भिड्दै छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.