मानसिक सन्तुलन कमजोर भएकी युवती बलात्कृत, एकजना पक्राउ

मानसिक सन्तुलन कमजोर भएकी युवती बलात्कृत, एकजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर  : मोरङको केराबारीमा मानसिक सन्तुलन कमजोर भएकी एकजना युवती बिहीबार साँझ बलात्कृत भएकी छन् । केराबारी गाउँपालिका–९ स्थित केराघारीमा लगेर मानसिक अवस्था ठीक नभएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

लेटाङ नगरपालिका–१ भोगटेनीका २७ वर्षीय कूलबहादुर विश्वकर्मालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार विश्वकर्माले ललाइफकाइ केराघारीमा लगेर साँझ ६:३० बजेतिर युवतीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 पीडितकी आमाले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएपछि विश्वकर्मालाई पक्राउ गरिएको डीएसपी दाहालको भनाइ छ । इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएका विश्वकर्माविरुद्ध पीडितकी आमाले शुक्रबार किटानी जाहेरी दिएकी छन् । उनीविरुद्ध जरबजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ । 

पीडितको स्वास्थ्य परीक्षणको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा इप्रका बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.