मुस्ताङको तल्लो क्षेत्रमा हिमपात
जोमसोम : हिमाली जिल्ला मुस्ताङको तल्लो क्षेत्रमा शुक्रबार दिउँसोदेखि हिमपात भइरहेको छ। जिल्लाको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ।
यहाँ सिजनको दोस्रो पटक हिमपात हुँदा उपल्लो मुस्ताङमा भने हिमपात भएको छैन। हिमपात भएसँगै चिसो अत्यधिक बढेको छ। उपल्लो मुस्ताङमा माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १० डिग्रीसम्म तापक्रम झरेको बताइएको छ। मुस्ताङमा चिसो बढेसँगै मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेसी झरिसकेका छन्।