मौसमी रुघाखोकीले लियो ३ को ज्यान

मौसमी रुघाखोकीले लियो ३ को ज्यान
सुन्नुहोस्

मुगु : जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका-६ पुरुमुरु गाउँमा सिजनल भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ। सोरु गाउँपालिका-६ का तीन बस्ती परुमुरु, जिमा र बन्जाहमा मौसमी रुघाखोकी लागेका १ सय ५० मध्ये १ सय ३५ जनामा एकैखाले लक्षण देखिएको हो। यिनैमध्येका तीन जनाको मृत्यु भएको हो।

मौसमीरुघाखोकीका कारण एक साता यता सोरु गाउँपालिका-६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही, सोही गाउँकी ७५ वर्षीया कृति छत्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको स्थानीय मंगलबहादुर शाहीले जानकारी दिए।

एक साता अगाडिबाट फैलिएको मौसमी रुघाखोकीले पुरुमुरु गाउँका तीन जनाको मृत्यु भएकोर गाउँभरि सर्वसाधारण थला परेको जानकारी जिल्ला अस्पतालमा पुगेपछि जिल्ला अस्पतालबाट उक्त स्थानमा डा. कमल ढुंगानाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली सोरु गाउँपालिका-६ पुरुमुरु र जिमा गाउँ पुगेको थियो। डाक्टरहरूको टोलीले चेकजाँच गर्दा उनीहरूमा पाँच वटा लक्षण देखिएको डा.ढुंगानाले बताए। त्यस्ता खाले बिरामीहरूमा ज्वरो आउने, चिसो लाग्नुका साथै जिउ काप्ने, टाउको छाती दुख्ने र सुक्का खोकी लाग्ने देखिएको छ।

मृतक कुसुम ढोलका ससुरा सलबहादुर ढोलीका अनुसार कुसुमलाई एक हप्तापहिलेदेखि रुघाखोकी,ज्वरो आउन, खाना खान मन नलाग्ने लक्षण देखिएपछि पालिका केन्द्र नजिकै रहेको मेडिकलमा लगेर उपचार गराएका थिए। औषधि खाए पनि सञ्चो नभएपछि थप उपचारका लागि जिल्ला  अस्पताल लैजाँदै गर्दा बुहारीको बाटोमै मृत्यु भएको उनले बताए। रुघाखोकीले घरमा रहेका परिवारसमेत अहिलेसम्म थला पारेको उनले जनाए। नजिकको स्थानीय सरकार र अन्य कुनै पनि निकायले सहयोग नगरेको बिरामी सलबहादुर ढोलीले गुनासो गरे।

मौसमीरुघाखोकीले गाउँभरिका मानिस बिरामी छन्।गाउँबाट स्वास्थ्यसंस्था तीन घण्टा टाढा छ। एक जनालाई७,८ सय रुपैयाँ गाडीभाडा लाग्छ। गाउँ, बस्तीबस्तीमा बिरामी बढ्दैछन्। ‘केही कर्मचारी र हुनेखानेले मेडिकलबाट औषधि किनेर उपचार गर्छन्। हामी आर्थिक अवस्था कमजोर हुनेहरू कता जाउँ। स्वास्थ्यसंस्था जाउँ भने सामान्य सिटामोल पनि पाइँदैन। घरको जडीबुटीले सञ्चो भए भयो नत्र मृत्युबाहेक अर्को विकल्प छैन’, सोरु गाउँपालिका-६ जिमा गाउँका कर्णजित बुमीले बताए।

सोरु गाउँपालिकाका विभिन्न बस्तीहरूमा भाइरल ज्वरो खोकीका बिरामीहरू बढ्दै गएको र मृत्यु भएको थाहा पाएपछि जिल्ला अस्पताल मुगुसँग सहकार्य गरेर मेडिकल डाक्टरसहितको टिमपुगेर बिरामीहरूको स्वाभ संकलन गरी ल्याबमा पठाउने काम गरिएको छ। ल्याबबाट आएको रिपोर्टका आधारमा मात्र सोरुगाउँपालिका के रोग फैलिएको हो भन्ने पत्ता लागेको स्वास्थ्य शाखा प्रमुख चरित्र धामीलेबताए।

जिल्ला स्वास्थ्य कार्यालय मुगुको डाक्टरसहितको टोलीले मंगलबार सोरु गाउँपालिका-६ पुरुमुरु र जिमा गाउँका १ सय ५० जनाभन्दा बढीलाई स्वास्थ्य परीक्षण गरेको थियो।१ सय ५० मध्ये १ सय ३५ जनामा ज्वरो आउने, चिसो लाग्नुका साथै जिउ काप्ने, टाउको छाती दुख्नेर सुक्का खोकी लाग्ने लक्षण देखिएको थियो। चेक जाँच गरिएका बिरामीहरूको घाँटी र नाक भित्रबाट स्वाभ संकलन गरी ल्याइएको छ। जहाजको उडान नभएकाले स्वाभ मुगुबाट नेपालगन्ज पठाउन सकिएको छैन। जहाजको उडान हुनेबित्तिकै नेपालगन्ज ल्याबमा परीक्षणका लागि पठाइनेछ। ल्याब परीक्षणबाट आएको रिपोर्टले के बताउँछ। त्यसपछि मात्र रोगको पहिचान हुन्छ’, डा. ढुंगानाले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.