सूजल फूड्सको चोकोफन बिगफन अब नयाँ प्याकमा
काठमाडौं : सुजल फूड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफन बिगफनलाई नयाँ प्याकमा बजारमा ल्याएको छ। चोकोफन बिगफन चकलेटले भरिएको क्रिस्पी, क्रन्ची चारवटा तहबाट बनेको हुन्छ। त्यसमाथि भेनिल्ला स्टाइप्स हुने भएकाले स्वादले उपभोक्तालाई अधिक रमाइलो र आनन्द प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।
आकर्षक चम्किलो रातो रंग र सुनौलो रंगमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङ आकर्षक रहेको छ। जसले उपभोक्ताको रुची र प्राथमिकतालाई सम्बोधन गर्ने आशा गरिएको कम्पनीले जनाएको छ। चोकोफन बिगफन १५ ग्राममा उपलब्ध छ। जसको मूल्य १० रुपैयाँ राखिएको छ। यो प्रडक्ट जार र प्याकेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीले यसको उत्पादन संसारकै अत्याधुनिक प्रविधिको अटोमेटिक मसिनरिबाट स्वस्थकर वातावरणमा हुने उल्लेख गर्दै अन्तराष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने भएकोले गुणस्तर र स्वादमा एकरुपता हुने दाबी गरेको छ। सुजल फूड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी पनि हो, जुन आईएसओ २२०००:२०१८ प्रमाणित छ। यो लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो।
सुजल फूड्सले विगत ५० वर्षदेखि अन्तर्रास्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन गर्दै आएको छ। कम्पनीका लोकप्रिय ब्राण्डहरुमा चोकोफन, क्रेभ, रसिलो, फ्रेसो, क्याण्डीम्यान र फ्रेसडेन्ट आदि रहेका छन्।