कृषि बजार प्रवर्द्धन, स्टार्ट–अपमा अनुदान

कृषि बजार प्रवर्द्धन, स्टार्ट–अपमा अनुदान
सुन्नुहोस्

काठमाडौं : कृषिजन्य सामग्रीको उत्पादक र खरिदकर्ताबीच उद्यमशीलता प्रवर्द्धन हुने गरी अनुदान सहयोगको कार्यक्रम उत्पादनमूलक साझेदारीमार्फत सञ्चालनमा ल्याइएको छ।  यो कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले सञ्चालनमा ल्याएको हो।  

खरिदकर्ताको मागबमोजिम उत्पादन गरिने बालीनाली, पशुपन्छी, गैरकाष्ठ वनपैदावार र औषधिजन्य वनस्पति आदि खरिदबिक्री गर्ने समन्वयकारी भूमिका निर्वाह गर्न कृषक समूह, कृषि सहकारी र उत्पादक संघ–संस्थालाई आयोजनाले अगाडि बढाएको छ। बजार सम्बर्द्धन र प्रवर्द्धनको यो अभियानका निम्ति आयोजनाले तोकिएको बिज रकम (स्टार्टअप अनुदान) प्रदान गर्छ।  

आयोजना निर्देशक डा. चन्द्रप्रसाद रिसालका अनुसार, उत्पादनमूलक साझेदारीले उत्पादक संस्था र खरिकर्ताबीचको सान्दर्भिक, उत्पादनमुखी र दिगो सहकार्यमा मद्दत गर्छ। यो सहकार्यले साझेदारको आम्दानी वृद्धि गर्नुका साथै प्राविधिक, व्यापारिक, वित्तीय र सामाजिक जोखिम न्यूनीकरण गर्ने छ।

उत्पादक संस्थाले स्टार्टअप उपआयोजनाका लागि अनुदान प्राप्त गर्ने छन् भने खरिदकर्ताका हकमा यो साझेदारीले आवश्यकताअनुसारका उत्पादित वस्तु सही समयमा पाउन सक्ने सुनिश्चितता गर्ने छ। खरिदकर्ताले भोगिरहेको समस्या जस्तै एकै ठाउँबाट उठाउने खर्च तथा विभिन्न उत्पादकसँग मूल्यका लागि गरिने झन्झट र अरू अदृश्य मूल्यको अव्यवस्थालाई यस उत्पादनशील साझेदारीले रोक्ने छ।

आयोजनाका निर्देशक डा रिसालका अनुसार, देशका प्रमुख ५ आर्थिक करिडोरले छोएका ३५ जिल्लाका १ सय ७१ स्थानीय तहहरू यो अनुदान कार्यक्रमको दायरामा पर्नेछन्। सरोकार सम्बद्ध समूहले आर्थिक कोरिडोर कार्यालय धनकुटा (पाख्रिबास), महोत्तरी(बर्दिबास), रुपन्देही(बुटवल) र डडेल्धुरा कार्यालयमा माघ तेस्रो साताभित्रमा आवेदन दिन सक्नेछन्।

स्टार्ट–अप अनुदानका लागि आवेदन दिने उत्पादक समूह वा संस्था र खरिदकर्ता समूहसमेत सरोकार सम्बद्ध सरकारी निकायमा दर्ता भएको हुनुपर्ने र एकल वा व्यक्तिगत तहको संस्थाले यो कार्यक्रममा सहभागी हुन नपाउने निर्देशक रिसालले जानकारी दिए। यस्तो समूहमा कम्तीमा १५ सदस्य रहनुपर्ने र जनही सदस्य हिसाबमा २ लाख रुपैयाँसम्म वा व्यावसायिक योजनामा उल्लेखित क्रियाकलाप सञ्चालन रकमको आधा रकमसम्म स्टार्ट–अप अनुदान आयोजनाले उपलब्ध गराउने छ।

एउटा उत्पादक संस्थालाई आयोजनाले एकपटक मात्र स्टार्टअप अनुदान उपलब्ध गराउने र कृषि, पशुपन्छी, मत्स्य, गैरकाष्ठ वन पैदावार, औषधीय र सुगन्धित बिरुवा उत्पादन वा प्रशोधनसँग सम्बन्धित क्रियाकलापका लागि अनुदान सहयोग उपलब्ध गराइने जानकारी आयोजनाले दिएको छ। ‘उत्पादनशील साझेदारीले खरिदकर्ताको मागबमोजिमको गुणस्तरीय उत्पादन वा वस्तु आवश्यकताअनुसारको परिमाण एवं चाहेको समयमा उपलब्ध हुन सक्ने अवस्थालाई सुनिश्चितता प्रदान गर्छ,’ आयोजनाले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.