१२ जीबी र्‍याम सहित ‘अनर एक्स नाइन बी’ नेपाली बजारमा

१२ जीबी र्‍याम सहित ‘अनर एक्स नाइन बी’ नेपाली बजारमा
सुन्नुहोस्

काठमाडौं : ‘अनर एक्स नाइन बी’ फाइफ जी नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले उक्त स्मार्टफोन सार्वजनिक गरेको हो। उद्योग-अग्रणी ५-तारे रेटिङ र SGS बाट ड्रप रेजिस्टेन्स सर्टिफिकेसन सहितको बलियो र अल्ट्रा-टफ डिस्प्लेको विशेषता रहेको मोबाइल सार्वजनिक भएको हो। 

(१२+२५६)जीवि  को ठूलो स्टोरेज  र ५८०० mAh ब्याट्रीको साथ, द अनब्रेकेबल स्मार्टफोन अनर X9b ले आफ्नो विशेषताहरूमा  अपग्रेड गरेको छ। नेपालका लागि अनर को आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले ‘अनर एक्स नाइन बी’ फाइफ जी नेपालमा लन्च गरेको छ। जसको प्रि-बुकिङ भने २१ जनवरीबाट सुरु गरिएको थियो। २७ जनवरीमा प्रि-बुकिङ सकिएसँगै यो अब नेपालभर उपलब्ध छ।

डिस्प्ले र डिजाइन

अनर X9b मा अनर अल्ट्रा-बाउन्स एन्टी-ड्रप प्रविधि समावेश भएको छ जसले स्मार्टफोन क्षेत्र मै पहिलो पटक SGS बाट ५ स्टार रेटिङ पनि पाएको छ। अनर अल्ट्रा-बाउन्स एन्टि-ड्रप डिस्प्लेले उन्नत कुशनिङ टेक्नोलोजी प्रयोग गर्दछ, जसले झटका अवशोषण क्षमतालाई १.२ गुणासम्म बढाउँछ। उचाइबाट खस्ने बेलामा पनि अत्यधिक स्थायित्व सुनिश्चित गर्दछ। एकदमै बलियो डिस्प्ले भएको अनर X9b लाई उचाइबाट खसाल्दा तथा धेरै झट्काहरु पर्दा पनि केही नहुने कम्पनी ले बताएको छ

अनर X9b मा उत्कृष्ट विवरणहरूको साथ एक स्लीक र आधुनिक सौन्दर्य डिजाइन देख्न सकिन्छ, र साथै सनराइज ओरेन्ज, इमरल्ड ग्रीन र मिडनाइट ब्ल्याक गरी तीन रङमा उपलब्ध छ जहाँ सनराइज ओरेन्ज यसको ब्याकसाइडमा भेगन लेदरको साथ आउँछ।

क्यामेरा
अनर X9b मा १०८ एम.पी अल्ट्रा-क्लियर क्यामेरा, ५ एम.पी अल्ट्रा-वाइड क्यामेरा, र २ एम.पी म्याक्रो क्यामेरा गरि ट्रिपल क्यामेरा रहेको छ। क्यामेराले 3X जुम र उत्कृष्ट गति क्याप्चर इन्जिनको साथ उच्च अप्टिकल गुणस्तर पनि प्रदान गर्दछ, जसले गर्दा अनर X9b ले आकर्षक विवरणहरू सहित स्पष्ट स्न्यापसटहरू उत्पादन गर्दछ। सेल्फीका लागि भने हामी 16MP क्यामेरा प्राप्त गर्न सक्छौं।

ब्याट्री
अनर X9b टिकाऊ र लामो समयसम्म चल्ने ५८०० mAh ब्याट्रीको साथ आउँछ जसले फोनलाई एक पटक चार्जमा ३ दिनसम्म पावर गर्न सक्छ, जसले प्रयोगकर्ताहरूलाई भरपर्दो प्रदर्शन र चिन्तामुक्त अनुभव प्रदान गर्दछ। चार्जिङका लागि यसमा ३५ वाट को चार्जर पनि साथमा दिएको छ जसले फोन चाडै नै चार्ज हुन्छ।

पर्फर्मेन्स 
Qualcomm Snapdragon 6 Gen 1 मोबाइल प्लेटफर्मद्वारा सञ्चालित, अनर X9b ले GPU कार्यसम्पादनमा ३५% वृद्धि र CPU दक्षतामा ४०% बृद्धिको साथ उत्कृष्ट फ्ल्यागशिप क्षमताहरू प्रदान गर्दछ। एन्ड्रोइड १३ मा आधारित नवीनतम् MagicOS 7.2 मा सञ्चालित हुने, अनर X9b ले थप सुविधाजनक अनुभव पनि प्रदान गर्नु को साथै (१२+२५६)जीबि भेरियेण्ट मा उपलब्ध हुने भएका ले स्टोरेज को पनि चिन्ता लिनु पर्दैन।

मूल्य र उपलब्धता
सेलट्रोन नेपालले अनर X9b (१२+२५६)जी बि भेरियन्टको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकेको छ। ग्राहकहरूले अनर X9b लाई अफलाइन र अनलाइन दुवै प्लेटफर्मबाट खरिद गर्न सक्नेछन्। ग्राहकहरूले आफ्नो  नजिकैको अनर-अधिकृत स्टोरहरूबाट किन्न सक्छन् भने अनलाइनका लागि दराज वा हुकुटमध्ये कुनै पनि अनलाइन प्लेटफर्महरूबाट खरिद गर्न सकिनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.