विराटनगरबाट १ सय २१ किलो गाँजासहित ४ जना पक्राउ

विराटनगरबाट १ सय २१ किलो गाँजासहित ४ जना पक्राउ
विराटनगरबाट गाँजासहित पक्राउ परेकाहरू।
सुन्नुहोस्

विराटनगर : सशस्त्र प्रहरीले विराटनगरबाट १ सय २१ किलोग्राम गाँजासहित ४ जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१० तीनटोलियास्थित गुराँस टोलबाट कम्पाउण्डले घेरेको घरको पछाडि घाँसमा लुकाएर राखिएको ठूलो परिणामको गाँजा आइतबार राति बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले बताए। 

उनका अनुसार गाँजासँगै ४ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाको साथबाट नेपाली १ लाख ४० हजार ७ सय ७० रूपैयाँसमेत बरामद भएको जानकारी डीआईजी पोखरेलले दिए। पक्राउ पर्नेमा विराटनगर-१३ सैनिक टोलका २२ वर्षीय रामअवतार साह, विराटनगर-१६ बर्मा टोलका २३ वर्षीय राजकुमार मण्डल, २० वर्षीय उमेश राजवंशी र बाराको कोल्हवी नगरपालिका-९ का ३६ वर्षीय रवीन्द्रप्रसाद चौधरी छन्। 

घर परिसरमा गाँजा बरामद भएपनि उनीहरू भने १ तले पक्की घरभित्र बसिरहेका बेला पक्राउ परेका हुन्। प्रहरीका अनुसार पक्राउ परेकामध्ये रामअवतार साहले वीरेन्द्रप्रसाद चौधरीको घर १ साताअघि भाडामा लिएको पत्ता लागेको छ। 

घरमा अरू केही पनि थिएन। घर पूरै खाली थियो। लागूऔषध गाँजाको कारोबारकै लागि घर भाडामा लिएको हुनसक्ने अनुमान गरिएको छ। ‘घरभित्र अरु केही छैन। माथिल्लो तला थप्दै गरेको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘कम्पाउण्डले घेरेको घरभित्र ४ जना थिए। घरको परिसरमा गाँजा उनीहरूले नै भण्डारण गरेर राखेको खुलेको छ।’ 

डीआईजी पोखरेलका अनुसार विशेष सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले घर तथा कम्पाउण्ड खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा गाँजा फेला पारेको हो। सशस्त्र प्रहरीले पक्राउ परेकाको साथबाट को २ च १२१६ नम्बरको भेन, प्रदेश १-०२-०४४ प १४८५ नम्बरको मोटरसाइकल, २ वटा चाँदीको बाला, ५ वटा मोबाइल र नेपाली १ लाख ४० हजार ७ सय ७० रूपैयाँ बरामद गरेको छ। भेन गाँजा ओसारपसारमा प्रयोग गर्ने गरेको खुलेको छ। 

डीआईजी पोखरेलका अनुसार बरामद भएको गाँजा, नगद, सवारीसाधन र मोबाइलसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ। पक्राउ परेकाहरू लामो समयदेखि लागूऔषध गाँजाको कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ। 

पूर्वी पहाडी जिल्लामा उत्पादित अवैध गाँजा सुरक्षाकर्मीलाई छलेर भारततर्फ लैजाने गरिएको छ। दोब्बर बढी मूल्य पाइने हुँदा लुकाईछिपाई गाँजा भारत लैजाने गरिएको प्रहरी अधिकारी बताउँछन्। प्रहरीका अनुसार पक्राउ परेको समूहले गाँजा भारततर्फ नै कटाउने तयारी गरेको अनुमान छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ। ‘गाँजासहित ४ जनालाई पक्राउ गरेर सशस्त्रले बुझाएको छ,’ दाहालले भने, ‘थप कुरा अनुसन्धानपछि पत्ता लाग्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.