मधेसी दलितलाई छुट्टै आरक्षणका लागि पहल गर्छु : गगन थापा

मधेसी दलितलाई छुट्टै आरक्षणका लागि पहल गर्छु : गगन थापा
सुन्नुहोस्

सिरहा : नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र मधेसी दलितका लागि छुट्टै आरक्षण गर्न पहल गर्ने बताएका छन्।

सिरहाको भगवानपुरमा भएको संवाद यात्रा सभामा महासमिति सदस्य श्रीचन पासमानले दलितको कोटामा पहाडी दलितले मात्रै आरक्षण पाइरहेको कुरा उठाएपछि महामन्त्री थापाले उक्त कुरा बताएका हुन्। 

'पार्टीभित्र निर्णय गर्दा ध्यान नपुगेर यस्तो भएको हो। संवाद यात्रापछि पार्टीको महासमिति बैठकमा आवाज उठाउने छु', पासमानको प्रश्नको जवाफ दिँदै थापाले भने,'हामीले दलित समुदायको आरक्षण व्यवस्था गर्‍यौं तर, अहिले पार्टीको केन्द्रीय सदस्यमा पहाडीले दलित समुदायले मात्रै पाएको देखिन्छ। यसका विषयमा पार्टी गम्भीर हुनुपर्छ।' नेताहरूको निर्णयले यो सच्चिने उनले बताए।

'अहिले बजेट बनाउने समय छ। यसपालि मधेसको किसानको अन्य ठाउँको बजेट काटेर भए पनि उचित व्यवस्था गर्छौं,' थापाले भने, 'बजेट बनाउनुअघि पार्टीभित्र व्यापक छलफल गर्छौ।'

कांग्रेस सरकारमा भएकाले समुदायमा कांग्रेस अभियानपश्चात छलफल गरेर देखा परेका समस्या समाधान गर्ने थापाले बताए। कुनै पनि तहमा उम्मेदवार छनौट गर्न सोही तहका कार्यकर्तालाई उम्मेदवार छनौट गर्न अधिकार हुनुपर्ने उनको भनाइ थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.