राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका निम्ति शहिदको उच्च बलिदान छ : प्रधानमन्त्री

राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका निम्ति शहिदको उच्च बलिदान छ : प्रधानमन्त्री
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति शहिदहरूले उच्च बलिदान गरेको बताएका छन्। शहिद दिवसको अवसरमा शुभकामना दिँदै उनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने उल्लेख गरेका छन्। 

आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले बेपत्ता योद्धाहरूको स्मरण गरेका छन्। ‘माघ १६ गते नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहिदहरूप्रति विशेष सम्मान र स्मरण गर्ने दिन हो।’ प्रचण्डले भने ‘नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ। तसर्थ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन्।’

पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको उनको भनाई छ।

‘आजको दिन महान् शहिदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति उहाँहरूले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन पनि हो। साथै महान् शहिदहरूको योगदानलाई सम्मान गर्दै उहाँहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं शहिद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनसमेत हो। यही यथार्थलाई आत्मसात गर्दै सरकारले इतिहासका विभिन्न कालखण्डमा शहादत प्राप्त गर्नुहुने शहिदहरूलाई राष्ट्रिय शहिद घोषणा गर्दै उहाँहरूको सम्मान र परिवारको संरक्षण र अभिभावकत्वको पक्षलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।’ शुभकामना सन्देशमा भनिएको छ,‘लखन थापादेखि राणाकाल विरूद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलन, आफ्नो पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको हो। त्यसैले वर्तमानमा प्राप्त उपलब्धीहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै आजको सन्दर्भमा महान् शहिदहरूप्रति सच्चा श्रद्धाञ्जली गर्नु हुन जान्छ।’

उनले दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति कर्तव्यनिष्ठ भएर अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.