उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन

काठमाडौं : उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघातबाट निधन भएको छ। मंगलबार बिहान घरमै बसेका ५६ वर्षीय न्यायाधीश मरासिनीको स्वास्थ्यमा एक्कासी समस्या आएको थियो। लगत्तै उनलाई  उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले निवासमै  रहेको बेला न्यायाधीश मरासिनीलाई हृदयघात भएको अन्नपूर्णलाई  जानकारी दिए।हृदयघातपछि नेसनल अस्पताल लगिएका न्यायाधीश मरासिनीलाई लगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले जानकारी दिए। 

उनको आजै अन्तिम दाहासंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

मंगलबार न्यायाधीश मरासिनी समयमै अदालत नआइपुगेपछि उनको इजलास अधिकृतले गोला तानिदिएका थिए।  गोला तानिएपछि मरासिनीलाई संयुक्त र एकल गरी दुईवटा इजलास परेको थियो।

इजलास नम्बर ४ मा न्यायाधीश चन्द्रमणी ज्ञवाजीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लै थिए।  रौतहट जिल्ला अदालतबाट उनी केही दिनअघि मात्रै उच्चमा बढुवा भएर आएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.