स्याङ्जा अस्पतालमा फिजियोथेरापी सेवा सुरु
स्याङ्जा : स्याङ्जा अस्पतालमा फिजियोथेरापी सेवा सुरु भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा भौतिक संरचनासहित उपकरण उपलब्ध भएपछि अस्पतालले सेवा सुरु गरेको हो।
अस्पतालले मेशिन र हातका माध्यमबाट उपचार गराइने मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्बिना अधिकारीले बताइन्। एक साताअघिदेखि सेवा सुरु भएको हो। अस्पतालमा दैनिक ७/८ जनासम्म फिजियो थेरापीका लागि आउने गरेका फिजियोथेरापिष्ट सहायक रिता न्यौपानेले जानकारी दिइन्।
पुतलीबजार नगरपालिका-३ स्थित जिल्ला अस्पताल १५ शय्याको स्वीकृत पाएको छ भने अस्पताल व्यवस्थापन समितिले १० शय्या थप गरी सेवा प्रदान गर्दै आएको छ।