द्वन्द्वकालमा माओवादीले क्षति पुर्‍याएको झोलुङ्गे पुलबाट खसेर एक युवकको मृत्यु

मर्मत नहुँदा स्थानीय जोखिम पूर्ण यात्रा गर्न बाध्य

द्वन्द्वकालमा माओवादीले क्षति पुर्‍याएको झोलुङ्गे पुलबाट खसेर एक युवकको मृत्यु
द्वन्द्वकालमा क्षतिग्रस्त झोलङ्गे पुल। तस्बिर : राजेन्द्र कार्की
सुन्नुहोस्

जाजरकोट : र्जीर्ण झोलुङ्गे पुलबाट खसेर जाजरकोटमा एक युवकको मृत्यु भएको छ। द्वन्द्वकालमा तत्कालीन माओवादीले डेक झिकेपछि जीर्ण बनेको पुलबाट खसेर नलगाड नगरपालिका–५, ऐरारी निवासी २८ वर्षीय राजकुमार शाहीको मृत्यु भएको हो।

भलिबल खेलाडी शाही नलगाड नगरपालिकाको दल्लीमा भइरहेको पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा खेलाडीहरुलाई कोच दिन गएका थिए।खेल सकेर घर फर्कने क्रममा नलगाड नगरपालिका ५ सिर्के र वारेकोट ८ लैखम गाउँ जोड्ने पुलबाट खसेर शाही गम्भीर घाइते भएका थिए। पुलबाट खसेपछि उनको टाउको र शरिरको भित्री भागमा चोट लागेको थियो। उनलाई नगर अस्पताल दल्लीमा लगिएको थियो तर त्यहाँबाट थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएकोमा उनको बाटोमै सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोका प्रमुख डीएसपी सन्तोष रोकाले जानकारी दिए।

द्वन्द्वकालमा २०५८/५९ सालतिर तत्कालिन विद्रोही माओवादीले सुरक्षाकर्मीलाई आवतजावत रोक्न उक्त पुलका आधाभन्दा बढी डेक झिकेर क्षति पुर्‍याएका थिए। उक्त पुलमा सर्वसाधारण समेत आवतजावतमा कठिनाई भएपछि स्थानीयले काठका फलेक राखेर आवतजावत गर्न काम चलाउ भएपनि दुई दशकसम्म मर्मत गरिएको थिएन। उक्त काठहरु पनि सडेपछि उक्त पुल तर्न निकै जोखिम छ। 

दुई दशकमा यो पुलबाट खसेर धेरै जना नागरिक घाइते भएको र विकट वारेकोटमा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने १० भन्दा बढी घोडा खच्चडहरु मृत्यु भएको नलगाड नगरपालिका वडा नं ४ का अध्यक्ष वद्री पन्तले बताए।  विगत २ दशकदेखि जोखिममा परेको उक्त पुल मर्मत गरिदिन धेरै पटक नलगाड नगरपालिका र वारेकोट गाउँपालिका, जिल्लास्तरिय नेताहरुलाई गुहार्दा पनि मर्मत नभएको स्थानीय शिक्षक रत्नबहादुर सिंह बताउँछन्। 

२५ वर्ष पहिले दुर्गम क्षेत्र विकास समितिले निर्माण गरेको झोलुंगे पुलको सम्बन्धित निकायले समयमै मर्मत नहुँदा युवकको अकालमा ज्यान गएको झोलुङ्गे पुलको क्षेत्रमा लामो समय काम गरिसकेका ईन्जिनीयर निरज शाहले बताए। उनले देशभर १० हजार पुलको दिगो मर्मतको दरिलो व्यवस्थापन नहुँदा सम्म यस्ता दुर्घटना दोहोरिरहने दुखद सम्भावना रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.