दुर्घटनामा दुई जनाको मृत्यु

दुर्घटनामा दुई जनाको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङका अलगअलग स्थानमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। ग्रामथान गाउँपालिकामा बुधबार दिउँसो र बूढीगंगा गाउँपालिकामा मंगलबार साँझ दुर्घटना भएको हो।

 
ग्रामथान गाउँपालिका-२ स्थित भित्रि सडकखण्डमा ट्याक्टरको ठक्करबाट पैदलयात्री युवकको मृत्यु भएको छ। कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे१त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा अन्दाजी २० वर्षीय उपेश सरदारको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले दिए। 

उनका अनुसार ग्रामथान-२ घर भएका सरदारलाई पैदल हिँडिरहेका बेला ट्याक्टरले दिउँसो ३:२५ बजेतिर ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा दिउँसो ४ बजेतिर मृत्यु भएको इन्सपेक्टर न्यौपानेले बताए। 

उनका अनुसार शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ। ट्याक्टर र चालक बेलबारी नगरपालिका-२ का २६ वर्षीय लक्ष्मण परियारलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। 

त्यस्तै कोशी लोकमार्गअन्तर्गत बूढीगंगा-२ टंकीसिनवारीमा मोटरसाइकलको ठक्करबाट मंगलबार साँझ एक जना पैदलयात्री वृद्धको मृत्यु भएको छ। विराटनगरबाट सुनसरीको दुहवीतर्फ जाँदै गरेको को३८प ९९३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बूढीगंगा-३ बाँसबारीका ७० वर्षीय जयप्रकाश रेग्मीको मृत्यु भएको इन्सपेक्टर न्यौपानेले बताए। 

उनका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रेग्मीको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा साँझ ५:२५ बजेतिर मृत्यु भएको हो। सडक पार गर्दै पश्चिमबाट पूर्वतर्फ गइरहेका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। 

दुर्घटनापछि मोटरसाइकल चालक दुहवी नगरपालिका-१ का प्रदीपविक्रम साह फरार छन्। साह विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत रहेको प्रहरीको भनाइ छ। मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.