डाँडा गाउँमा पहिलोपटक बल्यो विजुली
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको दुर्गम डाँडा गाउँमा पहिलोपटक विजुली बत्ति बलेको छ। सदरमुकाम विदुरदेखि ६० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका-१ स्थित डाँडा गाउँमा विजुली पुगेको छ।
डाँडा गाउँ नुवाकोटको साबिक ओखरपौवा गाविस ९ मा रहेको छ। भूगोलका हिसाबले डाँडा गाउँबाट खोलापारी रहेको स्थान काठमाडौं हो। काठमाडौंको भू-भागका वीचमा रहेको छुट्टै ४० घरधुरी रहेको डाडाँगाउँमा प्राधिकरणको विजुली बत्ति बलेको हो। नुवाकोट भएर पनि सो स्थानमा प्राविधिक समस्या रहेका कारण काठमाडौंको विजुली बत्ति तानेर बालिएको हो।
नेपाल विद्युत् प्राधिकरणले डाडाँगाउँको लागि छुट्टै ट्रान्सर्फमर जडान गरेको हो। हालः डाँडागाउँबासीको सवै घरमा काठमाडौंबाट ल्याइएको बिजुली बल्न थालेको स्थानीयबासीको भनाइ छ। लामो समयदेखि नुवाकोटबाट बिजुली पुर्याए पनि भू-भागका हिसाबले समस्या हुँदै आएको थियो। सो स्थानका ४० घरधुरीलाई नुवाकोटबाट थ्रीफेज लाइन लैजान मुस्किल भइरहेको थियो।
घरायसी प्रयोजनको लागि लाइन तानेर डाँडा गाउँ पुर्याए पनि लोड पर्ने भएकाले बत्ती नपुगेपछि डाँडा गाउँले हरेक निर्वाचनमा यसलाई मुख्य विषय बनाउँदै आएको थियो।