हुन्डाई एक्सटरको बुकिङ खुला, चाँडै डेलिभरी सुरु हुने

हुन्डाई एक्सटरको बुकिङ खुला, चाँडै डेलिभरी सुरु हुने

काठमाडौं : हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतिक्षित SUV Exter को बुकिङ आजदेखि खुला गरेको छ। गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो| 

Hyundai Exter ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो SUV हो जुन Hyundai Venue भन्दा अघि रहने छ। आकर्षक बनोट र विभिन्न फिचरले Exter लाई एक बिशेष SUV बनाएको छ।  

गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (ICOTY) को विजेता समेत बनेको छ। एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ। 

यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध छ। 

१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ। सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर दिइएको हो। हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ। 

यसैगरी यसमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जर लगायत अरु safety, convenient र comfort का फिचरलाई बिशेष ध्यान दिएर बनाइएको छ। यसमा १८५ mm को उत्कृष्ट ground clearance रहेको छ। जसले गर्दा नेपाल को बिभिन्न बाटोहरूमा सहज यात्रागर्ने आत्मविश्वास दिलाउँछ। हील एसिस्ट कन्ट्रोल (HAC) र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट (VSM) जस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्स पनि यसमा समावेश गरिएको छ। ६ कलर अप्सनमा आउने EXTER नेपालमा E, S र SX गरी तीन भेरियन्ट मा उपलब्ध हुनेछ जस्को मूल्य क्रमशः ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रुपैयाँ हुनेछ। 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ + चार्जिङ पोइन्टहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.