हिमपातपछि खोड्पे आसपास क्षेत्रमा देखिएको दृष्य
बैतडी :बिहीबार बिहानैदेखि बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी उच्च लेकाली भेगमा हिमापत भएको छ । बिहीबार दिनभर वर्षासँगै हिमपात भएको थियो ।
शुक्रबार बिहान आकाश खुलेको छ। मौसम सफा भएसँगै डाँडाकाँडा र हिमालमा चाँदीझै हिउँ टल्केको देखिएको छ। घाम लागेपनि यस क्षेत्रमा चिसो बढेको छ।