शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा प्रधानमन्त्रीसँग छलफल भयो :  अध्यक्ष ओली

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा प्रधानमन्त्रीसँग छलफल भयो :  अध्यक्ष ओली

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार छलफल भएको छ। सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे छलफल भएको हो।

छलफल सकेर बाहिरिने क्रममा अध्यक्ष ओलीले पत्रकारसँग कुराकानी गर्दै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिए। उनले भने,' समसायिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा कुरा भएो हो। टीआरसी विधेयकबारे छलफल भइरहेको छ। विधेयकलाई राम्रोसँग मिलाएर छिट्टै टुंग्याऔं भन्ने कुरा भएको छ।'

अध्यक्ष ओलीले टीआरसीमा एमालेले राखेको अडान भने कायम रहेको बताए। प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको ओलीले बताए।

भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले टीआरसी विद्येयकलाई संसदको आगामी अधिवेशनबाट पारित गर्दै शान्ति प्रक्रियाका काम टुङ्ग्याउनका लागि सहयोग गर्न आग्रह गरेका थिए।

माघ २२ गते देखि हिउँदे अधिवेशन सुरू हुँदैछ। टीआरसी विधेयकलगायत केही विधेयकहरू संसदमा पेश गर्ने सरकारको तयारी छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.