हिउँले ढकमक्क रारा (तस्बिरसहित)
मुगु : लामो समयदेखि हिमपात नभएर हिमालहरु काला र नाङ्गा देखिएका थिए । हेर्दा उराठ लाग्थ्यो। बिहीबार बिहानबाट जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि काला हिमालहरू सेताम्मे देखिएका छन्। सरदरमुका असापसका क्षेत्रमा सामान्य वर्षा भयो ।
बाक्लो हिमपात नभएपनि हल्का परेको हिमपातले काला हिमालहरू सेता देखिएका छन्। हिमपातले रारा ताल सेतो कार्पेटमाथि रहेकोजस्तै देखिएको छ । २ हजार ९ सय ९० मिटर उचाईमा रहेको रारा ताल लगायत जिल्लाका उच्च हिममाली क्षेत्रमा हिमपात भएको हो।