संसद् अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका सांसदले काठमाडौं छोड्न नपाउने

संसद् अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका सांसदले काठमाडौं छोड्न नपाउने

काठमाडौं : नेपाली कांग्रेसले संसद अधिवेशन चल्दासम्म आफ्ना सांसदहरूलाई उपत्यका नछोड्न निर्देशन दिएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन अन्त्य नहुन्जेलसम्म काठमाडौं नछोड्न निर्देशन दिएको हो।

यदि छोड्नै परे प्रमुख सचेतक वा सचेतकबाट लिखित स्वीकृत गराएर मात्र जान सकिने  निर्णय भएको छ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,'यदि अत्यावश्यक जानैपरे प्रमुख सचेतक वा सचेतकबाट लिखित स्वीकृति गराएरै मात्रै जान पाउने निर्देशन भएको छ।'

यसैगरी कांग्रेसले संसद् र संसदीय समितिमा सम्बन्धित मन्त्री तथा सांसदको उपस्थिति अनिवार्य बनाएको छ।  नेता लेखकले भने, 'सभा र समितिको बैठकमा मन्त्रीहरू अनिवार्य उपस्थित रहने, सांसदको कुरा सुन्ने र सरकारलाई सदनका प्रति उत्तरदायी बनाउनका निम्ति मन्त्रीहरूले गम्भीरताका साथ उपस्थित हुने निर्णय भएको छ।'

बैठकले संसदमा प्रस्तुत गर्न बाँकी रहेका विधेयकहरूलाई संसदमा पेश गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। विधेयक पारित गर्न संसदमा रहेका अन्य राजनीतिक दललाई अपिल गर्ने समेत निर्णय भएको कांग्रेस नेता लेखकले जानकारी दिए।

नेपाली कांग्रेसले प्रतिनिधिसभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.