झापामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

झापामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

झापा : झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरू कमल गाउँपालिका ५ का तीन जना र बिर्तामोड ३ का दुईजना रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए। 

शुक्रबार दिउँसो ३ बजे मेचीनगर नगरपालिका– ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कमल–५ स्थित नमुना टोलका अन्दाजी १९ वर्षीय प्रितेश राई, सोही ठाउँ बस्ने अन्दाजी २७ वर्षीय यामप्रसाद सुनुवार, अन्दाजी २१ वर्षीय आमोद राईलाई शंका लागेर चेकजाँच गरेका थिए। 

प्रहरीले प्रितेशलाई मुख खोल्न लगाउँदा उनको मुखभित्र सेतो रङको प्लास्टिकको पोकामा लुकाइछिपाई ल्याएको ४ ग्राम ४० मिलिग्राम ब्राउन सुगर भेटिएको थियो। तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।  

त्यस्तै बिर्तामोडबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका– ३ का २२ वर्षीय कृष्णकुमार थापा र २३ वर्षीय अजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

उनीहरूलाई गोप्य सूचनाका आधारमा प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले १ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.