सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीले सहयोग नगरेको प्रधानमन्त्रीको गुनासो

सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीले सहयोग नगरेको प्रधानमन्त्रीको गुनासो
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारलाई कर्मचारी क्षेत्रले सहयोग नगरेको गुनासो गरेका छन्। शनिबार नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीको सहयोग आवश्यक रहेको बताएका हुन्।

सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारी वर्गको योगदान धेरै नै महत्वपूर्ण रहेको उनको भनाई छ। सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्र भित्र देखापरेका समस्या समाधान गर्न कर्मचारी सङ्गठनबाट सहयोगको अपेक्षा गरिएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.