माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै
काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक सोमबार बिहान बस्दैछ। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बस्न लागेको हो ।
सोमबार प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । सोमबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विधेयक र पार्टीको भूमिकाको विषयमा छलफल हुनेछ।
विधेयक अधिवेशनका रुपमा रहने यस हिउँदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन्। अरु विधेयक पनि सदनमा दर्ता हुने क्रममा रहेको बताइएको छ।