नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार
सांकेतिक तस्बिर।
सुन्नुहोस्

परासी : अज्ञात व्यक्तिको गोली प्रहारबाट नवलपरासीका एक सुनचाँदी व्यवसायी घाइते भएका छन् । सुस्ता गाउँपालिका–१ बरुवामा न्यू धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्दै आएका ६५ वर्षीय गजेन्द्र विश्कर्मामाथि गोली प्रहार भएको हो । 

उनी पसल बन्द गरेर बर्दघाट नगरपालिका–४ देविनगरमा रहेको घरमा स्कुटीबाट फर्कंदै थिए । उनीमाथि बर्दघाट नगरपालिका–१६ को चोर गोला पुल नजिक गएराति ७.३० बजेको समयमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिए । 

गोली लागेर ढलेपछि उनी चढेको लु.४८ प ७४३५ नम्बरको स्कुटीसमेत घटनास्थलमा नदेखिएको प्रहरीले जनाएको छ । सुनचाँदी राखेर ल्याएको आशंकामा गोली प्रहार गर्ने व्यक्तिले नै स्कुटी लगेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । 

पाखुरामा गोली लागेका उनलाई तत्काल उपचारका लागि चिसापानी अस्पतालमा लगिएको थियो । अहिले उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डिएसपी बोहराले जानकारी दिए । गोली प्रहार गर्ने व्यक्ति हालसम्म पक्राउ नपरेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.