ठमेलको होस्टलमा चिनियाँ नागरिक मृत फेला
![ठमेलको होस्टलमा चिनियाँ नागरिक मृत फेला](https://annapurnapost.prixacdn.net/media/albums/Death_20190729064735_mBey1HsC0S_MkHyt9j0jp.jpg)
काठमाडौं : ठमेल क्वाबहालमा रहेको नेपालय होम होस्टलमा चिनियाँ नागरिक मृत फेला परेका छन्। बासु रिजालले सञ्चालन गरेको नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत फेला परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता कुमोध ढुंगेलका अनुसार माघ १० गतेदेखि उनी उक्त होस्टलमा बस्दै आएका थिए। होस्टलको दोस्रो तल्लाको कोठा नम्बर ६ मा उनी सुतिरहेकै वेडमा मृत भेटिएका हुन्।
शुक्रबार खाना खाएर सुतेका उनी शनिबार दिनभर नउठेपछि होस्टल कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। साँझ ५ बजे उनलाई सुतेकै ठाउँमा मृत फेला पारिएको हो। उनको मृत्यु के कारणले भयो भन्ने विषयमा अनुसन्धान भइरहेको ढुंगेलले जानकारी दिए। उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)