विद्यालयको प्रशासनिक भवनमा आगलागी हुँदा ४५ लाखको क्षति
![विद्यालयको प्रशासनिक भवनमा आगलागी हुँदा ४५ लाखको क्षति](https://annapurnapost.prixacdn.net/media/albums/aagalagi_5_zqwVwOi46i_rk97bJOAdH.png)
डोल्पा : हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका-१ मा पर्ने त्रिपुरा माध्यमिक विद्यालयको भवन आगलागी भएको छ।
विद्युत लाइन सर्ट भएर भएको आगलागीबाट विद्यालयको चारकोठे प्रशासनिक जलेर नष्ट भएको हो। आगलागीबाट भवन, ल्यापटप, नगदसहित ४५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय काइगउँले जनाएको छ।
एक्कासि भएको आगलागीबाट एक भवन,पाँचवटा ल्यापटप,दुई कलर प्रिन्टर,प्रोजेक्टर,दुई लाख नगदसहित अन्य महत्त्वपूर्ण सामानसहित कागजातहरू जलेर नष्ट भएको प्रधानाध्यापक जयबहादुर बस्नेतले जानकारी दिए। आगो नियन्त्रणका लागि डोजर लगाएर भवन भत्काइएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)