काँकडभिट्टा नाकामा एउटा कारसहित ३३ वटा मोबाइल बरामद

काँकडभिट्टा नाकामा एउटा कारसहित ३३ वटा मोबाइल बरामद
सुन्नुहोस्

झापा : झापाको काँकडभिट्टा नाकामा एउटा कारसहित ३३ वटा मोबाइल बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोली मेचीनगर–६ स्थित भन्सार कार्यालयको यात्रु शाखाको उत्तर गेटमा कारभित्र लुकाइछिपाई नेपाल भित्र्याउन खोजिएको ३३ वटा आइफोन ब्रान्डका मोबाइल बरामद गरेको हो। 

भारतबाट नेपाल आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च ९०३३ नम्बरको कारलाई विशेष सूचनाका आधारमा भन्सार अगाडि रोकी सशस्त्र प्रहरीले चेकजाँच गरेका थिए। चेकजाँच गर्दा मोबाइल बरामद भएको र सो मोबाइल राजश्व छलेर लैजान खोजिएको सशस्त्र प्रहरीले जनाएको छ। 

सो नाकाबाट मोबाइलको तस्करी गर्ने समूहले पटकैपिच्छे गाडी फेर्दै मोबाइल नेपाल भित्र्याइरहेको सूचना सशस्त्र प्रहरीले पाएका थिए। सोही सूचनाका आधारमा यस पटक कार फेला परेको सशस्त्र स्रोतले जनाएको छ। 

बरामद गरिएको मोबाइल १७ लाख २५ हजार र कार २५ लाख गरी जम्मा ४२ लाख २५ हजार मूल्याङ्कन गरी दुवै सामान मेची भन्सार कार्यालय बुझाइसकेको छ। पछिल्लो समयमा जिल्लाका सीमा नाकाहरू सशस्त्रले उच्च सतर्कतासँगै निगरानी बढाएसँगै चोरी तस्करी नियन्त्रणमा आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.