पनौतीबाट ७३ बोरा गाँजासहित तीनजना पक्राउ

पनौतीबाट ७३ बोरा गाँजासहित तीनजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : इलाका प्रहरी कार्यालय बनेपाले ७३ बोरा गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । सोमबार बिहान पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको डीआई गाडी चेकजाँच गर्ने क्रममा  चालकसहित एक महिला र एक पुरुष गरी तीनजनालाई प्रहरीले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपा प्रमुख डीएसपी लालध्वज सुवेदीले अन्नपूर्णलाई जानकारी दिए । 

प्रहरीले चेक गर्ने क्रममा भाग्न खोजेपछि गाँजाको बोरासहित तीनजनालाई पक्राउ गरिएको डीएसपी सुवेदीले बताए ।

पक्राउ पर्नेमा गाडी चालक नुवाकोट बिदुर ११ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने  ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप ८ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने २० वर्षीय संजीव तामाङ र रामेछाप ८ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ५३  वर्षीय बिमला तामाङ रहेको प्रहरीले जनाएको छ । 

पनौती रोडको छाला कारखानामा पक्राउ परेका तीनजनामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनजना , गाँजा र  गाडी इलाका प्रहरी कार्यालय बनेपा ल्याउने काम भइरहेको डीएसपी सुवेदीले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.