चिकित्सक लाइसेन्सको ६८ औं नतिजा सार्वजनिक, ५६ प्रतिशत पास
काठमाडौं : नेपाल मेडिकल काउन्सिलले ६८ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजाअनुसार ५६ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन्।
नेपाल मेडिकल काउन्सिलले माघ १६ गतेदेखि १९ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।
काउन्सिलका अनुसार लाइसेन्स परीक्षमा मेडिकलतर्फ १७३७ र डेन्टलतर्फ २८५ जम्मा २०२२ जना परीक्षार्थीहरू सहभागी भएकोमा मेडिकलतर्फ (९७२ ५५.९६)प्रतिशत र डेन्टलतर्फ (१७४ ६१.०५) परीक्षार्थी उत्तिर्ण भएका हुन्।
परीक्षाको नतिजा चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिनसकिने काउन्सिलले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
७