सीमा स्तम्भको मर्मत सुरु

सीमा स्तम्भको मर्मत सुरु
सुन्नुहोस्

परासी : नवलपरासीसँग सिमाना जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको मर्मत सम्भार एवं रङरोगन सुरु गरिएको छ। लामो समयदेखि मर्मत नहुँदा स्तम्भहरू जीर्णजस्तै बनेपछि नेपाल र भारतका सीमा सुरक्षा निकायले मर्मत र रङरोगन सुरु गरेका हुन्।  

जोर नम्बरका भारत र बिजोर नम्बरका स्तम्भहरू नेपालले गर्ने सहमतिअनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीले सोमबारदेखि मर्मत र रङरोगन कार्य सुरु गरेको गणका प्रमुख (एसपी) धीरेन्द्रराज न्यौपानेले बताए। 

नवलपरासी जिल्लाको नारायणीपारीको सुस्ता गाउँदेखि पाल्हीनन्दन गाउँपालिकाको गेर्मीसम्मको साढे ४१ किलोमिटर क्षेत्रफलले भारत उत्तर प्रदेशको सीमालाई छोएको छ। जसअनुसार नारायणीवारीको सुस्ता गाउँपालिकाको पक्लिहवादेखि गेर्मीसम्मको साढे २७ किलोमिटर क्षेत्रफलमा १६ वटा स्तम्भ रहेका छन्। 

नारायणीनदी पारी रहेका सुस्ता गाउँमा भने सीमा स्तम्भ छैन। सुस्ताको १४ किलोमिटर क्षेत्रफलले भारतको बिहार प्रदेशलाई छोएको छ। स्तम्भ नभएका कारण सुस्ता क्षेत्र पटक पटक भारतीय अतिक्रमणमा पर्दै आएको हो। ‘अहिले साढे २७ किलो मिटर क्षेत्रफलमा रहेका १३ वटा मुख्य र ३ सहायक गरी १६ वटा स्तम्भको मर्मत र रङरोगन कार्य सुरु गरिएको हो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.