हिमालयन हाइड्रोवापरका एक कामदारको मृत्यु
काभ्रे : जिल्लाको चौरिदेउराली गाउँपालिका-३ माथिल्लो चौर खोलामा रहेको हिमालयन रिसर्च हाइड्रोपावरमा कार्यरत मजदुरको मृत्यु भएको छ।
सर्लाही घर भएका १९ वर्षीय शंकर सदा काम गर्ने क्रममा बेहोस भएका थिए। उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको वडा नम्बर ३ का वडाध्यक्ष चित्रप्रसाद चौलागाईंले जानकारी दिए।
शव प्रहरी बोलाएर मुचुल्का उठाएर राखिएको जनाएको छ। घटनास्थलमा प्रहरीको टोली पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।