नेपालमा रेड्मी नोट १३ सिरिज सार्वजनिक

नेपालमा रेड्मी नोट १३ सिरिज सार्वजनिक

काठमाडौं : नेपालमा रेडमी नोट १३ का सिरिजहरु सार्वजनिक भएको छ। सोमबार काठमाडौंको एक होटलमा कार्यक्रम गर्दै ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो फाइभ जि, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार यी तीनै मोडेलमा ग्राहकले शक्तिशाली प्रोसेसर र उच्च स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउने छन्। रेडमी १३ सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले दाबि गरेको छ। 

लन्चको अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ग्राहकहरुलाइ अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरिएको बताए।

उनले भने, ‘शाओमीको प्रतिबद्धता सरल छ, हामी हाम्रा सबै ग्राहकहरूलाई उच्च गुणस्तरको प्रविधि प्रदान गर्न चाहन्छौ। स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्टर्ड सेट गर्न पाएकोमा हामी गर्व गछौं र हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यी नयाँ मोडेलहरुलाई मन पराइदिनु हुनेछ।’

मुख्य विशेषताहरु:

स्टाइलिश डिजाइन र क्रिस्टल क्लियर डिस्प्ले:

स्टाइलिश डिजाइन भएको यस रेड्मी नोट १३ प्रो फाइभ जि को मोटाई ८९ एमएम र तौल २०४.५ रहको छ। यसको ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के डिस्प्लेमा २७१२*१२२० को रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेट रहेको छ। आइपि ६८ डस्ट र वाटर रेसिस्टेन्स रेटिङको साथ आउने यो रेड्मी नोट १३ प्रो फाइभ जि हेर्दा जति स्टाइलिश छ त्यत्ति नै टिकाउ पनि छ।

बेजोड प्रदर्शन:

रेड्मी नोट १३ प्रो फाइभ जिमा रहेको मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट र ४ एनएम अक्टा–कोर प्रोसेसरले फास्ट पर्फर्मेन्स दिन्छ भने ८ जिबी २५६ जिबी र १२ जिबी ५१२ जिबीको स्टोरेज कन्फिगरेसनले ग्राहकहरुलाइ आफ्नो फाईलहरु राख्न सहजता प्रदान गर्छ।

२०० मेगापिक्सेल शटर म्याजिक

रेड्मी नोट १३ प्रों फाइभ जिको २०० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामराको साथमा ग्राहकहरुले फोटोग्राफीको नयाँ अनुभव लिन सक्नेछन्। १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फीहरू निकाल्दछ भने ओआइएस, शाओमी प्रो कट र शाओमी इमेजिङ सिस्टमले मोबाइल फोटोग्राफीको परिभाषा नै परिवर्तन गरिदिएको छ।

सुपर फास्ट चार्जिङ र आकर्षक सेन्सर:

रेड्मी नोट १३ प्रों फाइभ जिको ५००० एमएचको ब्याट्री भएको हुँदा आरामसँग दिनभर फोन चलाउन सकिन्छ। यसमा १२० वाटको हाइपरचार्जर उपलब्ध भएकाले चार्जिङ पनि अति छिटो हुन्छ। डुअल स्टेरियो स्पिकर र डल्बी एटमसको साथमा यस स्मार्टफोनमा इन स्कुन फिङगर प्रिन्ट पनि उपलब्ध छ।

रेड्मी नोट १३ प्रो: नयाँ व्यालेन्स

मुख्य विशेषताहरु:

स्टाइलिश एमोलेड डिस्प्ले:

७.९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल भएको यस रेड्मी नोट १३ प्रो मा स्टाइल र कम्फर्टको नयाँ सन्तुलन कायम हुने कम्पनीले जनाएको छ। ६.६७ इन्चको एमोलेड डिस्प्ले, २४००*१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट भिजुअल एक्स्पिरिएन्स प्रदान गर्दछ। साथै यसमा आइपि ५४ डस्ट र स्प्त्याश रेजिस्ट्यान्स उपलब्ध गराइएको छ भने यसमा ग्लास चाँहि कोर्निङ गोरिल्ला ग्लास रहेको छ।

स्पीडको नयाँ परिभाषा:

मिडिया टेक हेलियो अल्ट्रा सहित आउने रेड्मी नोट १३ प्रो प्रदर्शनमा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। त्यस्तै युजर फ्रेन्डली एक्स्पिरिएन्सको लागि एन्ड्रोइड १३ मा आधारित तथा एमआइयुआई १४ मा राखिएको छ। स्टोरेजको कुरा गर्नुपदां यो फोन ८ जिबी २५६ जिबी वा १२ जिबी ५१२ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध छ।

२०० मेगापिक्सेल क्यामेरा:

रेड्मी नोट १३ प्रो ले तपाईंको फोटोग्राफी स्किललाई नयाँ उचाइमा पुन्याउँदछ। ओआइएसको साथ यसको २०० एमपी मुख्य क्यामेराले हरेक डिटेल कैद गर्दछ भने पृथक फोटोग्राफीको लागि ८ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छ। यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फी-पोर्टेटहरूमा छुट्टै चमक ल्याउँछ।

सुपर चार्ज र अडियो:

रेड्मी नोट १३ प्रो को ५००० एमएच ब्याट्रीको साच उत्कृष्ट ब्याट्री लाइफको अनुभव लिन पाइन्छ। साथमा ६७ बाट इन-द-बक्स टर्बो फास्ट चार्जर समावेश रहेको छ। यस स्मार्टफोनमा डुअल स्पिकरहरू, डल्बी एटमसको तथा इन स्किन फिङ्गर प्रिन्ट पनि उपलब्ध छ।

रेड्मी नोट १३: हरेक फिचर विशेष

मुख्य विशेषताहरु:

भव्य डिस्ले:

७.९७ स्लिम र १८८.५ ग्रामको तौलले रेड्मी नोट १३ लाई हल्का र स्ल्कि देखाएको छ। यसको आकर्षक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४००८* १०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमसिंभ भिजुअलको अनुभव सुनिश्चित गर्दछ। साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्ल्याश रेजिस्ट्यान्स सहित उपलब्ध छ।

शक्तिशाली स्न्यापड्रागन ६८५:

स्न्यापड्रागन ६८५ चिपसेट राखिएको रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स प्रदान गर्दछ। एन्ड्रोइड १३ र एमआइयुलाई १४ भएको यो डिभाइस बिना कुनै ल्याग चल्दछ। प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी यऱ्याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ बा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन्

१०८ मेगापिक्सेल पावरहाउस:

रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले राम्रो डिटेल प्रदान गर्दछ। रेड्मी नोट १३ मा १०८ एमपीको मेन क्यामेरा, ८ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन्। साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीमा छुट्टै चमक ल्याउँछ।

एक्स्ट्रा व्याकअप:

५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर भएकोले रेड्मी नोट १३ मा दिनभरी भिडियो हेर्न वा अरु काम गर्न मिल्छ। साथसाथै यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र अतिरिक्त सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ।

मूल्य र अफरहरु:

रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा २४ हजार ९९९ रुपैयाँ (६–१२८ जीबी) र २७ हजार ९९९ रुपैयाँ (८–२५६) जीबीमा उपलब्ध हुनेछ। रेड्मी नोट १३ किन्दा २,९९९ रुपैयाँ मूल्यको बड्स ४ एक्टीभ मात्र १,६९९ रुपैयाँको अफरमा पाउन सकिनेछ।

रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा ३४ हजार ९९९ रुपैयाँ (८–२५६ जीबी) र ३९ हजार ९९९ रुपैयाँ (१२–५१२ जीबी) मा उपलब्ध हुनेछ।

रेड्मी नोट १३ प्रो किन्दा २ हजार ९९९ रुपैयाँ मूल्यको बड्स ४ एक्टीभ मात्र १ हजार ६९९ रुपैयाँ अफरमा वा ५ हजार ६९९ रुपैयाँ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र ३ हजार ४९९ रुपैयाँ अफरमा पाउन सकिनेछ।

रेड्मी नोट १३ प्रों फाइभ जि मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा ४७ हजार ९९९ रुपैयाँ (८–२५६ जीबी) र ५२ हजार ९९९ रुपैयाँ (१२–५१२ जीबी) मा उपलब्ध हुनेछ।

त्यस्तै रेड्मी नोट १३ प्रो फाइभ जि किन्दा २ हजार ९९९ रुपैयाँ मूल्यको बड्स ४ एक्टीभ मात्र १ हजार ६९९ रुपैयाँ अफरमा वा ५ हजार ६९९ रुपैयाँ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र ३ हजार ४९९ रुपैयाँ अफरमा पाउन सकिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.