शिक्षा र सीपमा नयाँ योजना बनाइने : अर्थमन्त्री महत
नुवाकोट : अर्थमन्त्री प्रकाशरण महतले सरकारले शिक्षा र सीपमा नयां योजना र कार्यक्रम सन्चालन गर्ने बताएका छन्। उनले स्वजरोजगारमूलक शिक्षामा जोड दिँदै यसबाटै युवाशक्तिको संरक्षण हुने बताए।
नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वर गाउँपालिका-२ स्थित वीरेन्द्र माद्यामिक विद्यालयको ३५औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा सोमबार महतले युवा शक्तिहरू विदेशिइरहेको र उनीहरूलाई स्वदेशमै स्वरोजगारका कार्यक्रम सन्चालन गर्न अबको बजेटमा सरकारले सीप र शिक्षालाई प्राथमिकता दिएर कार्य सन्चालन गर्नेसमेत बताए। उनले अबको शिक्षा सिप र स्वरोजगारमूलक होस् भन्ने सरकारले योजना बनाइरहेको बताए।
देशभित्रै रोजगारको सिर्जना गर्न शिक्षा र सीपमा सरकारले नयाँ योजना बनाएर आवश्यकताअनुसार बजेट उपलब्ध गराउने अर्थमन्त्री महतले प्रतिबद्धता जनाए। उनले देश विकासका लागि आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा भएकोसमेत बताए।