त्रिविलाई पाँच स्वर्ण

त्रिविलाई पाँच स्वर्ण

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन एथलेटिक्समा पाँच स्वर्ण जितेको छ। पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा अर्को एक स्वर्ण सुदूरपश्चिम विश्वविद्यालयले हात पार्‍यो।

राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको पुरुष एक हजार पाँच सय मिटर दौडमा त्रिविका शेरबहादुर अधिकारी पहिलो भए। उनले निर्धारित दूरी ४ मिनेट ३०.१ सेकेन्डमा पूरा गरे। त्रिविकै विकेश घिमिरे दोस्रो तथा सुदूरपश्चिमका खेमराज जोशी तेस्रो भए। सोही स्पर्धाको महिलामा त्रिविकी राज्यलक्ष्मी रावलले निर्धारित दूरी ५ मिनेट २५.५ सेकेन्डमा तय गर्दै पहिलो भइन्। काठमाडौं विश्वविद्यालका आल्षा रेग्मी दोस्रो र लुनिया त्वायना तेस्रो भए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष ४ सय मिटर दौडमा सुदूरपश्चिमका मुकेश विष्ट पहिलो भए। उनले निर्धारित दूरी तय गर्न ५६.३५ सेकेन्ड समय खर्चिए। त्रिविका दिवस रेग्मीले रजत र गण्डकी विश्वविद्यालयका सुजल केसीले कांस्य जिते। उक्त स्पर्धाको महिलामा त्रिविकी अनामिका देवकोटा १ मिनेट १५.३५ सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहिन्। सुदूरपश्चिमकी भावना पाण्डे दोस्रो र गण्डकीकी कृति गिरी तेस्रो भए। पुरुष लङजम्पमा त्रिविका दिवस रेग्मी पहिलो भए। उनले ६.२७ मिटर जम्प गरे।

सुदूरपश्चिमाञ्चलका मुकेश विष्ट दोस्रो तथा लुम्बिनी विश्वविद्यालयका अभिषेक गुप्ता तेस्रो भए। त्यसै स्पर्धाको महिलामा त्रिविकी संचिता घिमिरेले स्वर्ण चुमिन्। संचिताले ४.२४ मिटर जम्प गरिन्। लुम्बिनीकी रमिता रावत दोस्रो र सुदूरपश्चिमकी भावना पाण्डे तेस्रो भए। यसैगरी टेबुलटेनिसको पुरुष डबल्समा त्रिविका रजोजमान ढकु र आदित्य धौनियाको जोडीले स्वर्ण जिते। उनीहरूले फाइनलमा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहाल र विदुर खनालको जोडीलाई ३–० को सोझो सेटमा पराजित गरे। पोखराका विवेक ढकाल र देवबहादुर भुजेल तथा गण्डकीका अनुश कुँवर र दीपेश रानाभाटको जोडी तेस्रो भए।    पुरुष सिंगल्समा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहालले त्रिविका आदित्य धौनियालाई ३–० तथा त्रिविका रजोजमान ढकुले काठमाडौंका प्राञ्जयप्रकरण श्रेष्ठलाई ३–० ले हराए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.