शान्तिबाटिकामा धर्नामा बसेकालाई महानगरले हटायो
काठमाडौं : काठमाडौं महानगरीय प्रहरीले काठमाडौंको शान्तिबाटीकामा धर्नामा बसेकाहरुलाई हटाएर ताला लगाएको छ।
मंगलबार शान्तिबाटीकामा धर्नामा बसेकाहरुको सबै सामान निकालेर उनीहरुलाई धर्नास्थलबाट हटाएको हो।
काठमाडौंको माइतीघरबाट हटाएपछि विभिन्न समूहहरु शान्तिबाटीकामा धर्ना बस्दै आएका थिए भने केही समूह सोहि स्थानमा टेन्ट राखेर खाने सुत्ने गर्दै आएका थिए।
शान्तिबाटीकामा धर्नाका साथै बसोबासको स्थान बनाएको र त्यसका कारण रानीपोखरी र शान्तिबाटीका क्षेत्रमा फोहर भएकाले हटाइएको काठमाडौं महानगरले जनाएको छ।
धर्नाका बसेकाहरुले भने महानगरको कदमको विरोध जनाएका छन्। राज्यलाई आफूहरुको मागका बारेमा जानकारी गराउन धर्नामा बस्दा बिना जानकारी हटाइएको उनीहरुको भनाइ छ। उनीहरुले महानगरले आफ्ना सामान जफत गरेको भन्दै आक्रोश जनाएका छन्।