बुटवलमा २ हजार किलो माछा बरामद
बुटवल : बुटवलमा अवैध रूपमा ल्याएको बैखी जातका माछा बरामद गरेको छ। मंगलबार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बुटवल उपमहानगरपालिका–५ हाटबजारबाट दुई हजार किलो माछा बरामद गरेको हो।
प्रहरीले लु २ च ३३२९ नम्बरको बलेरो गाडीभित्र लुकाई छिपाई अवस्थामा राखेको माछा बरामद गरेको हो। अवैध माछा ओसारपसार गर्ने कपिलवस्तु नगरपालिका-१ का २३ वर्षीय शिवकुमार यादव र बुद्धभूमि नगरपालिका-२ कपिलवस्तुका ३४ वर्षीय सजहार पखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
१