समाजवादको सिकाइ
विश्वबाट साम्राज्यवाद, औपनिवेशवाद हटेर गएर पनि पुँजीवादले जरो गाडेकै छ। यसले सामन्तवादी राज्य चरित्रलाई बढावा दिएको छ। जसकाकारण सिंगो मानव समुदाय बहुआयामिक संकटको घेरामा परेको छ। एकातिर विज्ञान र प्रविधिको विकास दु्रततर रूपमा चलिरहेको छ। अर्कोतिर पुँजीवादी राष्ट्रहरू विज्ञान र प्रविधिमा कब्जा जमाई आफू शक्तिशाली बनी दोस्रो राष्ट्र«हरूलाई झन् कमजोर बनाउने खेलमा लागेका छन्। उनीहरूले एकातिर स्रोतसाधनसम्पन्न मुलुकबाट कच्चापदार्थ दोहन गर्दै औद्योगिक फड्को मारिरहेका छन्। अर्कोतिर तिनका उत्पादन तिनै गरिब राष्ट्रलाई महँगोमा बेचेर धन आर्जन गरिरहेका छन्।
यही मनपरीतन्त्रका कारण विश्व संकटमा परेको छ। महामारी, हिंसा, द्वन्द्व, प्राकृतिक विपत्ति, वातावरणीय संकट, असमानता, विभेद तथा गरिबी बढ्दो छ। पुँजीवादी राष्ट्रले नवउदारवाद र विश्वव्यापीकरणको बहानामा संसारभर सञ्जाल विस्तार गरी आफ्ना उत्पादन मात्र उपभोग गर्न बाध्य बनाइरहेका छन्। आफ्नो सैन्यशक्ति विस्तार गरी युद्धलाई निम्ता दिइरहेका छन्। समृद्धिको फड्को मार्दै गइरहेका देशका प्राकृतिक सोत र राष्ट्रिय स्वाभिमानमाथि अतिक्रमण गरिरहेका छन्। गरिब राष्ट्रहरू उनीहरूलाई आफ्नो अस्तित्व नसुम्पी नचल्ने अवस्थामा पुग्दैछन्। पुँजीवादी राष्ट्रहरू विश्वलाई नै अधीनमा राख्ने कोसिस गर्दै अघि बढिरहेको अवस्था छ। यो एकाधिकारले मानिस–मानिस मात्र होइन, देश–देशबीच पनि विश्वव्यापी रूपमा धनी र गरिबको खाडल फराकिलो हुँदै गएको छ। नवउदारवादको नाममा पुँजीवादले विश्वलाई समस्याग्रस्त बनाउँदै लगेको समाजवादी तथा समाजवादउन्मुख राष्ट्रहरूको निष्कर्ष हो।
विश्वमा विभिन्न वर्गका जातजाति, जातीय तथा सांस्कृतिक पहिचान भएका मानिसको अधिक ठूलो बसोबास छ। नवउदारवाद र विश्वव्यापीकरणका नाममा तिनको अस्तित्वसमेत संकटमा पर्दै गएको छ। पुँजीमा खेल्ने र प्रविधिलाई किन्न सक्ने मुलुकले यी सांस्कृतिक पहिचान भएका जाति र वर्गलाई पनि आफ्नो कब्जामा पार्दै नवसंस्कृति सिकाइरहेका छन्। यसले विश्व क्रमशः घुमिफिरी दास युगतिर जाने खतरालाई नकार्न सकिँदैन। यसैगरी पुँजीवादी राष्ट्रहरू एक ठाउँमा उभिएर तेश्रो विश्वयुद्धलाई निम्तासमेत दिइरहेका छन्।
यसै सन्दर्भमा नेपालमा फागुन ३ देखि ७ गतेसम्म पहिलोपल्ट विश्व सामाजिक मञ्च २०२४ को आयोजना हुँदैछ। यो सामन्तवाद, पुँजीवाद र साम्राज्यवादविरुद्ध, त्यसबाट पीडत समाजवादीहरूको एक विश्वसभा पनि हो। जसमा युवा, महिला, अल्पसंख्यक, दलित जनजाति तथा मानवअधिकारसम्बन्धी करिब २० वटा ठूला सम्मेलन, विविध विषयमा करिब २ सय ५० साना–ठूला अन्तक्र्रिया र सेमिनार चल्नेछन्। करिब १०० वटा स्टलमा नेपाली कला, संस्कृति झल्कने हस्तकला सामग्री तथा खानपानका प्रकार प्रदर्शनी, बिक्रीमा राखिनेछन्। पाँचै साँझ विश्वका विभिन्न संस्कृति र भाषामा सांस्कृतिक कार्यक्रम गरी समाजवादी मुलुकहरूको सांगीतिक अन्तर्मिलनसमेत हुनेछ।
यो मञ्च समाजवाद स्थापनाको एउटा कार्यनीति पनि हो। जबकि यसले तेस्रो विश्वको परिकल्पना गरेको छ। विश्व दुई ध्रुवमा विभाजित भइरहेका बेला हामी पनि समाजवादको नयाँ मार्ग खोजिरहेका छौं। अर्थात् उदारवाद र भूमण्डीकरणका नाममा विकासोन्मुख देशमा पुँजीवादीहरूले गरिरहेको सांस्कृतिक हस्तक्षेप तथा सामाजिक, आर्थिक दोहनविरुद्ध हामी एकैस्वरमा आवाज उठाउन चाहिरहेका छौं। साम्राज्यवादी शक्तिहरूको दबाबलाई थेग्न संगठित हुन खोजिरहेका छौं। अर्थात् हामी नयाँ, शान्त, समावेशी र सहअस्तित्वमूलक संसार निर्माण गर्न खोज्दैछौं। यसर्थ मञ्चको उद्देश्य र समाजवादी व्यवस्थाको बहस एकअर्कामा परिपूरक छन्। हाम्रो संविधानले पनि समाजवादको लक्ष्य निर्धारण गरेको हुँदा नेपालमा मञ्चको बहस हुनु राजनीतिकर्मी र सामाजिक अभियन्तालाई अवसर हो।
अझ हाम्रो संविधानले नेपाल सबै वर्ग, लिंग, क्षेत्र, जाति समुदायको पहिचान बोकेको समावेशी मुलुक हुने गरी खाका कोरेको छ। यसर्थ नेपालका जातजाति, लिंग, क्षेत्र र समुदायले विश्वका सबै वर्ग, समुदाय र उस्तै उत्पीडन भोगिरहेका समूहको प्रतिनिधित्व गर्ने हुनाले यस्तो कार्यक्रम उपयोगी हुन सक्छ। उस्तै प्रकारका उत्पीडिन भोगिरहेका विश्व समुदायबीच साझा नेटवर्क बनाउने, उस्तै प्रकारका सामाजिक, सांस्कृतिक पहिचानमा सँगै रहेर काम गर्ने अवसरसमेत हो। विश्वभरिका दमित, उत्पीडित पिछडा वर्ग तथा सीमान्तकृतहरू एकै ठाउँमा सहभागी भएर विभिन्न सबालमा छलफल गरी एकार्कामा ऐक्यबद्धता जनाउने मौका पनि हो। यस अवसरमा नेपालका सीमान्तकृत वा पिछडावर्ग समूहलाई नयाँ ज्ञान र नयाँ शक्ति प्राप्त हुनेछ।
समाजवादी र समाजवादउन्मुख राष्ट्रहरूबाट बीसौं हजार सहभागिता रहने हुनाले हाम्रो मुलुकको संस्कृति, सभ्यता, कला र सम्पदाको थप प्रचार गरी पर्यटन प्रवद्र्धनमा पनि यसले मद्दत पु¥याउँछ। विश्वभरिका विभिन्न संघसंस्थासँग नेपालका संघसंस्थाले सम्बन्ध र समन्वय विस्तार गर्न पाउँछन्। त्यसमार्फत विदेशी पुँजी भिœयाई नेपालको सामाजिक तथा आर्थिक विकासमा लगानी बढाउने अवसरका रूपमा समेत यसलाई लिनुपर्छ।
साम्राज्यवादी हस्तक्षेपको सामना एकजुट भएर गर्नुपर्ने चुनौती छ। त्यस अलावा हामीसँग थुप्रै किसिमका प्राकृतिक र अप्राकृतिक चुनौती छन्। विश्वको करिब ६ करोड मानिस गरिबी भोकमरीको चपेटामा छन्। भारतमै मात्र बर्सेनि १० लाख मानिस भोकमरी र चर्को ऋणका कारण आत्महत्या गरिरहेका छन्। नेपालमै पनि अतिगरिबी, मिटरब्याजीको उत्पीडन र हिंसा विद्यमान छ। अर्कोतिर जलवायु परिवर्तनका असरले दक्षिण एसियामै कृषिमा ठूलो असर पर्दै गएको छ। नेपालका हिमाल क्रमशः सुक्खा हुने, अनावृष्टि भई कृषि उब्जनीमा असर पर्ने तथा अनेकन् किसिमका रोगव्याधी र महामारीको सामना हामीले गरिरहेका छौं। अर्को विश्वयुद्ध भइहाल्यो भने सबैभन्दा बढी यिनै समाजवादी राष्ट्र जोखिममा पर्ने सम्भावना छ। यी यावत् चुनौती सामना गर्ने नयाँ ज्ञान र साझा दृष्टिकोण बनाउन पनि यस्ता सामाजिक मञ्चले अवसर सिर्जना गर्छन्।