बसाइँसराइको चरित्र र चित्र

बसाइँसराइको चरित्र र चित्र
सुन्नुहोस्

पानी ओरालो बगे झैं मानिसचाहिँ अवसरतिर बग्छ । अवसर भनेकै सहरकेन्द्रित छ, त्यसैले गाउँबाट सहरतिर मानिसको ओइरो लागिरहेको छ । बसाइँसराइ मानिसको चरित्र हुँदैनथ्यो भने न गाउँ बन्थ्यो, न सहर । बसाइँसराइ आफैंमा स्वाभाविक प्रक्रिया हो । बसाइँसराइका लागि धकेल्ने र तान्ने तŒव चाहिँ हुन्छ । अझ यस सन्दर्भमा नेपाली समाजका डा. हर्क गुरुङ चाहिँ तान्ने र धकेल्ने तŒवमात्रै बसाइँसराइको कारण मान्दैनन् । उनी त भित्तामा ठोकिएको काँटी नहल्लिएसम्म चुम्बकले तानेर नतानिने बताउँछन् । अहिले नेपाली समाज त्यही भित्ताको काँटी जसरी हल्लिएको पनि छ र अवसर अनि सुखसुविधाका वैदेशिक अवसरले तानिरहेको छ । सहरी आकर्षणले डाकिरहेको छ । सामाजिक मनोविज्ञानले आन्तरिक वा वैदेशिक बसाइँसराइका निम्ति धकेल्ने वातावरण बनाइरहेको छ ।

२ करोड ९१ लाख नेपालीमध्ये २१ लाख त विदेश छन् । पछिल्लो जनगणनाअनुसार २२ लाख जनाले आन्तरिक बसाइँसराइ गरेका छन् । पालिकाभित्रै पनि एक ठाउँबाट अर्काे ठाउँमा बसाइँ सर्नेहरूसमेत गर्दा ९३ लाखभन्दा बढी नेपालीले थाँतथलो छोडेको देखिन्छ । पढाइ, लेखाइ, शिक्षा, स्वास्थ्य, रोजगारीसँगसँगै प्राकृतिक विपद्लगायत कारण बसाइँसराइ भइरहेको छ । २०६८ सालको जनगणनाले १७ प्रतिशत नेपाली सहरमा बसिरहेको देखाएको थियो । २०७३ सालमा जसै गाउँहरू पनि धमाधम नगरपालिका घोषणा भए, सहरमा धेरै जनसंख्या बसेको देखियो । घोषित नगरपालिकाहरूमा सहरीकरणको रफ्तार पनि तीव्र नै छ ।

बसाइँसराइले अवसरमात्रै दिलाउँदैन । जनसांख्यिक सन्तुलन पनि फेदबदल गर्छ । नेपालको तराई भागमा बसाइँसराइले जनघनत्व बढाएको छ । खेतीयोग्य जमिन मासिँदै गएको छ । गाउँबाट सहर पसेकाहरू पनि सहरमै टिकेका छैनन् । विदेश भासिएका छन् । देशमै रोजगारी, गाउँठाउँमा शिक्षा, स्वास्थ्यका सुविधा हुने हो भने बसाइँसराइ कम हुन्थ्यो । देशभित्रै इलम धन्दा गर्ने वा रोजगारी पाउने वातावरण भए पौरखी युवा विदेसिँदैनथे । सरकार बसाइँसराइका सन्दर्भमा सोच्नुपर्ने र सोहीअनुसार योजना बनाएर कार्यान्वयन गर्नुपर्ने कुरा चाहिँ त्यो हो । गाउँबाट सहर र सहरबाट पनि विदेश बसाइँसराइ भइरहन दिने हो भने देशमा ऊर्जाशील जनशक्तिको अभाव हुन्छ र विकास र समृद्धि हासिल हुन सक्दैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.